छैटौँ दिनमा पनि हाउसफुल चल्दै ‘गुरु आमा’, दर्शकको आँखामा आँसु ( फोटो फिचर सहित )
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गुरु आमा’ अहिले देशभर चर्चाको केन्द्र बनेको छ । प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा पनि चलचित्रले अधिकांश सिनेमा हलमा हाउसफुल व्यापार गरिरहेको छ । विशेषगरी विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ फिल्मको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ ।सिनेमा हलहरूमा दर्शकको भीड दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने फिल्म हेरेपछि धेरै दर्शक भावुक हुँदै आँसु...









