चलचित्र पत्रकारिता दिवसको २७औँ अवसरमा कलाकार तथा समाजसेवी माया थामी सम्मानित,माया थामीको योगदानको उच्च कदर |
काठमाडौं । नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै समाजसेवामा निरन्तर समर्पित रहँदै आएकी कलाकार तथा समाजसेवी माया थामी लाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । मानवता, सहयोग र निस्वार्थ सेवामार्फत समाजमा उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो ।आजको व्यस्त र स्वार्थी समाजमा जहाँ धेरै मानिस आफ्नै जीवन संघर्षमा अल्झिरहेका छन्, त्यही समाजमा क...



