संस्कृति जोगाउने वर्षकै उत्कृष्ट उपहार: ६ दिग्गज कलाकारको साथमा अमृता लुङ्गेली मगरले ल्याइन् ‘मौलिक देउसी भैलो’(भिडियो सहित )
तिहार पर्वको उल्लासपूर्ण आगमनसँगै नेपाली सुगम सङ्गीतको आँगनमा मौलिकताको रक्षा एवं परम्परागत संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ तथा उत्कृष्ट देउसी भैलो गीत ‘मौलिक देउसी भैलो’ सार्वजनिक गरिएको छ। चाडपर्वको यो विशेष अवसरमा ‘अमृता लुङ्गेली मगर अफिसियल’ युट्युब च्यानलबाट यस गीतको अडियो र भिडियो संस्करण एकसाथ प्रकाशन गरिएको हो।हाम्रो लोकसंस्कृति र परम्परागत लयलाई जीवन्त राख्न यस देउसी भैलो गीतम...








