गुरुङ संस्कृति र पहिचानको नयाँ ऐना: चलचित्र ‘प्युरी’ बैशाख ११ र १२ गते काठमाडौँको गंगबुस्थित इन्फिनिटी मुभिजमा विशेष प्रदर्शन हुँदै।
काठमाडौँ — तमु (गुरुङ) चलचित्र क्षेत्रमा एउटा नयाँ इँटा थप्ने लक्ष्यका साथ निर्माण गरिएको चलचित्र ‘प्युरी’ यतिबेला आम दर्शकको उच्च प्रतीक्षाको केन्द्रमा रहेको छ। चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा नेपालमा मात्र नभई प्रवासमा रहेका नेपालीहरूमाझ पनि चुलिएको छ।निर्माण पक्षका अनुसार चलचित्र ‘प्युरी’ आगामी बैशाख ११ र १२ गते काठमाडौँको गंगबुस्थित इन्फिनिटी मुभिजमा विशेष प्रदर्शन हुँदैछ। ट...









