फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक हुँदा सिनेमा हलमा छायो सन्नाटा, पत्रकारदेखि कलाकारसम्म बने भावुक ( ट्रेलर सहित )
नेपाली चलचित्र ‘गोबर गणेश’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर प्रदर्शनसँगै सिनेमा हलभित्र केही क्षण सन्नाटा छाएको थियो भने कार्यक्रममा उपस्थित पत्रकारदेखि कलाकारसम्म भावुक बनेका थिए ।सार्वजनिक ट्रेलरले एक साधारण गाउँले युवाको असाधारण संघर्षको कथा प्रस्तुत गरेको छ । पढाइमा कमज...







