काठमाडौं : निर्माण हुन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को शुभमुहूर्त सम्पन्न भएको छ। शुक्रबार बिहान काठमाडौंस्थित गुहेश्वरी मन्दिर मा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरिएको हो। धार्मिक विधिअनुसार गरिएको मुहूर्त कार्यक्रममा निर्माण टिमको उल्लेख्य उपस्थिति रहेको थियो।मुहूर्त शटमा क्यामेरा दिनेश महरा ले चलाएका थिए भने रोल शंकर महर्जन, एक्सन–कट मधुसूदन भट्टराई ले दिएका थिए। क्ल्यापिङ लव प्याकुरेल ले गरेका थिए भने नरिवल दीपक दंगाल ले फुटाएका थिए।फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारी को अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक बिनय राज पौडेल हुन्। गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने ले गर्नेछन्। द्वन्द्व निर्देशन शंकर महर्जन कै रहनेछ।प्राविधिक पक्षतर्फ श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र छायांकन दिपेन बस्न्यात ले सम्हाल्नेछन्। निर्माण व्यवस्थापक सुमन काफ्ले रहेका छन् भने पोस्टर डिजाइन राकेश दाहाल ले गरेका छन्। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगाल ले गर्नेछन्।यसैगरी, मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन् भने सम्पादन गौतमराज खड्का ले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवी ले तयार पारेका हुन्।दर्जनौं फिल्ममा सहायक निर्देशकको रूपमा अनुभव बटुलेका बिनय राज पौडेल ले ‘अक्षरा’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। निर्माण टिमका अनुसार फिल्मलाई फरक कथा र प्रस्तुतिसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ।






















