प्रचारको नाममा विवाद : बालेनको फोटो प्रयोग सही कि गलत ? फोटो राख्दा फिल्म चल्ने भए प्रधानमन्त्रि ज्यु राखे हुन्थ्यो ?अनि फिल्म डुब्दैन ?

प्रचारको नाममा विवाद : बालेनको फोटो प्रयोग सही कि गलत ? फोटो राख्दा फिल्म चल्ने भए प्रधानमन्त्रि ज्यु राखे हुन्थ्यो ?अनि फिल्म डुब्दैन ?
आउँदो असोज १३ गते फूलपातीको दिन एकैसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् – माइतीघर, बलिदान, हरिबहादुरको जुत्ता र अभिमन्यु । चार फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा प्रतिस्पर्धा निकै तीव्र हुने देखिएको छ । यसैबीच दर्शक तान्न नयाँ–नयाँ शैलीमा प्रचारप्रसार गर्नुपर्ने दबाबमा रहेका चलचित्र निर्माण टिमहरुले भिन्न–भिन्न तरिका अपनाइरहेका छन् । तर, अभिमन्यु निर्माण टिमले प्रयोग गरेको प्रचार शैली अहिले ...

‘बलिदान’ को शीर्ष गीतले बढायो दर्शकको उत्साह ‘बलिदान’ प्रति झन् माया बढ्दै

‘बलिदान’ को शीर्ष गीतले बढायो दर्शकको उत्साह ‘बलिदान’ प्रति झन् माया बढ्दै
बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार पारिएको ‘यो ज्यान बलिदान’ बोलको गीतले दर्शकमाझ फिल्मप्रतिको उत्साह अझै बढाएको छ।गीतमा सुजन चापागाईँको स्वर र संगीत, हर्क साउदको शब्द, र कोविद बज्रको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ। साथै विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतले आमा र मातृभूमिप्रतिको पुत्रीय समर्पणलाई मार्मिक ...

नेपालदेखि अमेरिका सम्म ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज |‘हरिबहादुरको जुत्ता’ प्रति दर्शकको उग्र माग

नेपालदेखि अमेरिका सम्म ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज |‘हरिबहादुरको जुत्ता’ प्रति दर्शकको उग्र माग
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा प्रतिक्षित मानिएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अब नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ। असोज १३ गते (दशैंको फूलपाती) बाट नेपालभर प्रदर्शनमा आउने यो चलचित्र अमेरिकाका ८० भन्दा बढी पर्दामा एकसाथ रिलिज हुने तयारी अन्तिम चरणमा पुगेको छ।अमेरिकामा चलचित्रको वितरण आहाना पौडेलले गर्दैछन्। यो उनको चलचित्र वितरण क्षेत्रमा पहिलो पाइला (डेब्यु) हो। आहाना नेपा...

माईतीघर’ निर्देशक मिलन तामाङको मन छुने सन्देश, ट्रेलर असोज २ गते सार्वजनिक

माईतीघर’ निर्देशक मिलन तामाङको मन छुने सन्देश, ट्रेलर असोज २ गते सार्वजनिक
काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘माईतीघर’ यतिबेला चर्चाको शिखरमा छ। हालै सार्वजनिक भएको चलचित्रको शीर्ष गीतले दर्शकमाझ ठूलो चर्चा बटुल्दै फिल्मको प्रतिक्षा अझै चुलिएको छ। यसैबीच चलचित्रको ट्रेलर भोलि (असोज २ गते, बिहीबार) सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । चलचित्र दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने पक्का भइसकेक...

स्याललाई दशा लागे सहर पस्छ भनेको यहि हो चलचित्र ‘अभिमन्यु’ ‘माइतीघर’ ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ संग भिड्दै के होला हालत ‘अभिमन्यु’ को ?

स्याललाई दशा लागे सहर पस्छ भनेको यहि हो चलचित्र ‘अभिमन्यु’ ‘माइतीघर’ ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ संग भिड्दै के होला हालत ‘अभिमन्यु’ को ?
काठमाडौं । नेपाली फिल्म उद्योगमा दशैंको फूलपाती अर्थात् असोज १३ गते ठूलो भिडन्त हुने भएको छ । यस दिन बहुचर्चित तीन नेपाली चलचित्र माईतीघर, हरिबहादुरको जुत्ता र बलिदान सार्वजनिक हुँदै गर्दा अब ‘अभिमन्यु : च्याप्टर १’ पनि त्यही दिन प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै भदौ २७ गते रिलिज गर्ने तयारी भए पनि देशको तत्कालीन परिस्थितिका कारण प्रदर्शन स्थगित गरिएको...

फिल्म ‘अभिमन्यु च्याप्टर १’ को प्रचार प्रसारमा विभेद ? तमू पत्रकार अनिल गुरुङ्गलाई किन दिइएन अनुमति ?

फिल्म ‘अभिमन्यु च्याप्टर १’ को प्रचार प्रसारमा विभेद ? तमू पत्रकार अनिल गुरुङ्गलाई किन दिइएन अनुमति ?
काठमाडौं ।नेपाली चलचित्र ‘अभिमन्यु च्याप्टर १’ आगामी भदौ २७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ भने यसको हिन्दी संस्करण असोज ६ गतेदेखि भारतसहित अन्य मुलुकमा रिलिज हुने तयारी भइरहेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा मुकेश खनालले लेखेका हुन्। अपराध, रहस्य र मानवीय संवेदनालाई एकसाथ प्रस्तुत गर्ने दाबी गरिएको यो फिल्ममा अभिन...

दर्शकलाई हलसम्म पुर्याउने ‘हरिबहादुरको जुत्ता’का आधारहरू के- के छन्

दर्शकलाई हलसम्म पुर्याउने ‘हरिबहादुरको जुत्ता’का आधारहरू के- के छन्
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र 'हरिबहादुरको जुत्ता' दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ।  हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो।  हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्।  सोहि कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ।  रमाइलो र पारिवारिक चलचित्र दशैको माहोलमा दर्शकल...

स्टाइलिश टिजर र आकर्षक पोस्टर सहित चलचित्र ‘वरिष्ठ बलराम’ले बढायो उत्सुकता (टिजर सहित )

स्टाइलिश टिजर र आकर्षक पोस्टर सहित चलचित्र ‘वरिष्ठ बलराम’ले बढायो उत्सुकता (टिजर सहित )
काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकैसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गर्दै चलचित्रप्रति दर्शकको चासो झनै बढाइदिएको छ ।सार्वजनिक पोस्टरमध्ये एउटा पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराल मात्र देखिएका छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका दयाहाङ हातमा मोबाइल बोकेर क्रुद्ध...

घिनलाग्दो खेलको चपेटामा रोहित र सन्तोष कस्ले खेल्दै छ यो राजनीति ? रोहित–सन्तोष निशानामा

घिनलाग्दो खेलको चपेटामा रोहित र सन्तोष कस्ले खेल्दै छ यो राजनीति ? रोहित–सन्तोष निशानामा
घिनलाग्दो राजनीति खेलको चपेटामा ‘माइतीघर’ र ‘बलिदान’ आउँदो दशैंको फुलपातिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारी र ‘बलिदान’का निर्माता–निर्देशक सन्तोष सेनबीच सामाजिक संजालमार्फत सुरु भएको राजनीतिक–व्यावसायिक टकरावले अहिले चलचित्र क्षेत्रमा चर्चा पाएको छ।‘माइतीघर’का निर्माता रोहित अधिकारीले भोटाहिटीस्थित साइबर ब्यूरोमा ‘बलिदान’ टिमविरुद्ध जाहेरी दर्ता गरेका छन्। अधिकारी...

भदौ २० देखि रिलिजमा आउने फिल्म ‘रिमै’ को दोश्रो गीत सार्बजनिक गीतले बढायो फिल्मको हाइट

भदौ २० देखि रिलिजमा आउने फिल्म ‘रिमै’ को दोश्रो गीत सार्बजनिक गीतले बढायो फिल्मको हाइट
आगामी भदौ २० गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘रिमै’ ले दोस्रो गीत सार्वजनिक गरेको छ। गायक थानेश्वर गौतम र गायिका शारदा रसाइली को स्वरमा रहेको यस गीतलाई लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको हो। गीतमा गायक गौतमकै संगीत र प्रख्यात कवि श्रवण मुकारुङ को शब्द रहेको छ, जसले गीतलाई गहिरो भावनात्मक उचाइ दिन सफल भएको छ।सार्वजनिक गरिएको भिडियोमा प्रमुख कलाकार दय...