आउँदो असोज १३ गते फूलपातीको दिन एकैसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् – माइतीघर, बलिदान, हरिबहादुरको जुत्ताअभिमन्यु । चार फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा प्रतिस्पर्धा निकै तीव्र हुने देखिएको छ । यसैबीच दर्शक तान्न नयाँ–नयाँ शैलीमा प्रचारप्रसार गर्नुपर्ने दबाबमा रहेका चलचित्र निर्माण टिमहरुले भिन्न–भिन्न तरिका अपनाइरहेका छन् । तर, अभिमन्यु निर्माण टिमले प्रयोग गरेको प्रचार शैली अहिले विवादमा परेको छ ।

बालेनको फोटो प्रयोग गर्दै प्रचारचलचित्र अभिमन्यु को निर्माण कम्पनी सेभेन सिज सिनेमाज ले हालै सार्वजनिक गरेको पोस्टरमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को तस्बिर प्रयोग गरिएको छ । पोस्टर सेयर गर्दै कम्पनीले लेखेको थियो –
“मेयर बालेन र हर्क मिल्दै गर्लान्, दर्शक र हाम्रो फिल्म चाहिँ फूलपातीमा मिल्नुपर्छ है।”

यो सन्देश, केही दिनअघि बालेन्द्रले धरान उपमहानगरका मेयर हर्क साम्पाङ लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका वाक्यसँग मिल्दोजुल्दो देखिन्छ । त्यतिबेला बालेन्द्रले भनेका थिए –डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।”त्यही शैलीलाई पछ्याउँदै अभिमन्यु टिमले पोस्टरमा थपेको वाक्य पनि चर्चामा आएको छ –डियर दर्शक, तपाईंहरुले जति गाली गरे पनि म तपाईंहरुलाई माया गर्न छाड्दिनँ। एकतर्फी नै सही तर मेरो माया अभिमन्यु जस्तै हो, बाहिर निस्किनै सक्दैन।”यसरी कुनै सार्वजनिक व्यक्तित्व वा सेलिब्रेटीको तस्बिर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दा प्रचलित कानुनअनुसार अनुमति लिनैपर्छ । सामान्यतया यस्ता प्रयोजनका लागि कम्पनीले निश्चित रकम बुझाएर सम्झौता गर्ने चलन छ । तर अभिमन्यु निर्माण टिमले भने कुनै अनुमति बिना नै बालेनको फोटो प्रयोग गरेको देखिन्छ ।

निर्माता विनोद पौडेल ले यस विषयमा प्रतिक्रिया दिँदै भने, “हामीलाई त्यसरी तस्बिर प्रयोग गर्न नपाइने रहेछ भन्ने थाहा थिएन। यदि यसले समस्या ल्याउने भए उक्त पोस्टर हटाइदिन तयार छौं। चलचित्र क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएपछि प्रचारका विभिन्न तरिकाहरु देखा पर्न थालेका छन् । अभिमन्यु टिमले बालेन्द्रको लोकप्रियतालाई क्यास गर्न खोजेको देखिन्छ । तर यस्तो प्रयोगले प्रचार त भयो, तर नैतिकता र कानुन दुवै प्रश्नमा परेका छन् । कतिपयले व्यंग्य गर्दै भनेका छन् –
“यदि फोटो राख्दा फिल्म चल्ने भए प्रधानमन्त्री ज्युको तस्बिर राखे हुन्थ्यो नि !”फूलपातीमा रिलिज हुने माइतीघर, बलिदान, हरिबहादुरको जुत्ताअभिमन्यु सबै चर्चित नामसँग जोडिएका चलचित्र हुन् । दर्शक तान्न हरेक टिमले प्रचारमा आक्रामक रणनीति लिएका छन् । यसैबीच अभिमन्युले अपनाएको तरिकाले चर्चा मात्र होइन, विवाद पनि जन्माएको छ

अब हेर्न बाँकी छ, बालेनको फोटो प्रयोग गरेर गरिएको प्रचारले चलचित्रलाई फाइदा गर्छ कि उल्टै कानुनी/सामाजिक चुनौतीमा पार्छ । तर एक कुरा स्पष्ट छ – फूलपातीमा नेपाली चलचित्र बजार निकै तात्नेछ र यो विवादले फिल्म अभिमन्युलाई चर्चामा त ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया