बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार पारिएको ‘यो ज्यान बलिदान’ बोलको गीतले दर्शकमाझ फिल्मप्रतिको उत्साह अझै बढाएको छ।गीतमा सुजन चापागाईँको स्वर र संगीत, हर्क साउदको शब्द, र कोविद बज्रको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ। साथै विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्।फिल्म 'बलिदान' को शीर्ष गीत रिलिज

गीतले आमा र मातृभूमिप्रतिको पुत्रीय समर्पणलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। “जन्म आमा र देशकै काखमा भएकाले जीवन पनि तिनकै नाममा समर्पित गर्न सकिन्छ” भन्ने सन्देश गीतले दिने प्रयास गरेको छ। नायकको स्वरमार्फत आमाप्रतिको निष्ठा, मातृभूमिप्रतिको आहुति र बलिदानको गहिरो भाव उजागर गरिएको छ।सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मालाई फिचर्ड गरिएको छ। फिल्ममा ऋचा, समीरकी आमाको भूमिकामा देखिएकी छिन्।

**आसुसेन फिल्म्स प्रा.लि.**को ब्यानरमा बनेको यस फिल्मको लेखन दर्शन जीले गरेका हुन्। निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी, र निर्देशक तथा निर्माता सन्तोष सेन रहेका छन्।फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल र रितेश जङ्ग पौडेललगायतका कलाकारको अभिनय छ।यसअघि सार्वजनिक भएको फिल्मको पोस्टर, प्रि–टिजर र टिजरले नै चर्चा कमाइसकेको छ। निर्देशक सेनका अनुसार केही दिनमै फिल्मको ट्रेलर पनि सार्वजनिक गरिनेछ। फिल्म आगामी असोज १३ गते फूलपातीको दिनदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

तपाईको प्रतिक्रिया