फिल्म ‘मुगलान’ को नयाँ गीत ‘पिन्टु पियारी’ सार्वजनिक, प्रभात–स्मारिकाको रोमान्सले भर्खरै मच्चायो धुम (भिडियो सहित )
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ले आफ्नो नयाँ गीत ‘पिन्टु पियारी’ सोमबार सार्वजनिक गरेको छ। युना डिजिटलको युटुब च्यानलमार्फत रिलिज गरिएको यो डान्सिङ नम्बरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालबीचको झिलिमिली रोमान्स र आकर्षक नृत्य प्रदर्शनले दर्शकको ध्यान तानिरहेको छ। रिलिज भएको केही समयमै गीतले उल्लेख्य भ्यू तथा सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकको मनमा बस्न सफल भएको निर...









