यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक, दर्शकमा उत्साह बढ्यो |
यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको यस फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाउन निर्माण पक्षले गीतलाई भव्य रूपमा सार्वजनिक गरेको हो। गीत भन्दैमा मात्र नभई भिडियो समेत आकर्षक बनेको छ, जसले फिल्मप्रति दर्शकको रुचि अझै बढाएको देखिन्छ।सार्वजनिक भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, ...









