चलचित्र ‘पीआर’ अष्ट्रेलिया–न्युजल्याण्डमा सोल्डआउट: अब मंसिर २६ गते नेपालमा धूम मच्चाउन तयार
नेपाली चलचित्र ‘पीआर’ ले विदेशमा आफ्नो लोकप्रियता प्रमाणित गरिदिएको छ। मंसिर २६ गते नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अष्ट्रेलिया र न्युजल्याण्डमा भने प्रदर्शनअघि नै सोल्डआउट भएको छ। अष्ट्रेलिया–न्युजल्याण्ड क्षेत्रका लागि फिल्मको प्रदर्शन अधिकार मि. श्रेष्ठ प्रोपाइत्री लिमिटेड र श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ...









