पछिल्लो समय गुरुङ सस्कार, संस्कृति, भाषा र पहिचानलाई आधुनिक नेपाली सिनेमाको माध्यमबाट विश्वभर चिनाउने उद्देश्यसहित निर्माण गरिएको नयाँ गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेट यही मंसिर २४ क्यूएफएक्स (QFX) ट्रेड मल, २७ र २८ गते पोखराको श्री कृष्ण चलचित्रभवन चिप्लेढुङ्गामा विशेष प्रदर्शन हुने भएको छ। पछिल्ला वर्षहरूमा गुरुङ समुदायको मौलिकता, सांस्कृतिक मूल्य र जीवनशैलीलाई केन्द्रविन्दुमा राखेर बनाइने ‘तमु चलचित्र’ हरूले नेपाली सिनेमामा छुट्टै पहिचान बनाइरहेका छन्। देश–विदेशमा तीव्र गतिमा बढिरहेको दर्शक रुचिले गुरुङ फिल्म क्षेत्रलाई नयाँ उचाइमा पुर्याइरहेको बेला ‘तेनो कुर्सी’ पनि त्यही यात्राको महत्वपूर्ण कडीको रूपमा प्रस्तुत हुँदैछ। क्लाइमेक्स आर्टको प्रस्तुति रहेको ‘तेनो कुर्सी’ गुरुङ संस्कृतिको आत्मा, परम्परा, सामुदायिक सम्बन्ध, भावनात्मक नाता र सामाजिक संरचनालाई यथार्थ र संवेदनशील ढंगमा प्रस्तुत गरेको निर्माण टिमले बताएको छ। चलचित्रले गुरुङ समुदायको जीवनपद्धति, उनीहरूको आन्तरिक भावना, संघर्ष र सस्कृतिक मूल्यवोधलाई शक्तिशाली रूपमा पर्दामा उतारेको दाबी निर्माण पक्षले गरेको छ।
![May be an image of text that says 'ClimaxArt CLIMAX ART PRODUCTION PRESENTS गुरुड संस्कार संस्कृतिमा आधारित गुरुड पलचित्र तंनाकुरी ITER/DIRECTOR WRITER/ SUBASH GURUNG DHOGBHET मितિ શ०८શ मसिर २৪ गते मिति શ०વશ मंसिर 2 श गते समय: 99:30 बजे समय: १२:०० 3:00 बजे स्थान: पोखरा टेड मल (QFX), वि्लेडुड्रा, पोखरा स्थान श्री कृष्ण चलचित्र मन्दिर, तेसापट्रि, पोखरा CASI HMAIO PAOOUCER CHANDRA CUNUNG GUNUNG PUJA LINLI ΡΗΑ SINGER GAESH FLIRUNG [SURASH] MELINA AX GURUNG CYANU GUNUNG URUNG GUHUNI CURUNG HINA CURUNG AJENURA ABHИK JANSHU LAMA &SUHASH UHUNG IRHA URUNG MAKFUP IAMA KAMAI GURUNG በድ PRODUCTION ARSU FIMS YTES/WTITER/TIRECTON GANESI CUNUNG (SUDASH)'](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t39.30808-6/592300287_2732764320392379_7506186270503823536_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=w4hEghlLJv4Q7kNvwE83m9j&_nc_oc=AdkXg24CPs3miC2yKT8ooSsMsFdYIW7FvY1sQqBhDCWXwpy-UoYOjkrDT-7oq5UXXy0&_nc_zt=23&_nc_ht=scontent.fktm3-1.fna&_nc_gid=qxcDLGzBJL9cWpM2G9V2Gg&oh=00_AfiIbhm9he4wxf9wDE19kEhtHnUfZwxvRVvkXWTAw_4meg&oe=6932DC4C)
निर्माताहरू चन्द्र गुरुङ, भिम बहादुर गुरुङ, कुमार गुरुङ, जयलक्ष्मी गुरुङ र ज्ञानु गुरुङ– सबै हङकङ निवासी हुन्। विदेशमा बसेर पनि आफ्नो पहिचान, भाषा र संस्कृति प्रतिको प्रेमलाई सिनेमाको माध्यमबाट प्रकट गर्न उनीहरूको समर्पण स्पष्ट देखिन्छ। चलचित्रमा लोकप्रिय गुरुङ कलाकारहरू पर्वत गुरुङ, खुशी गुरुङ, टिका राम घले, पूजा गुरुङ, राजेश गुरुङ, बबिता गुरुङ, ओम गुरुङ, एलिशा गुरुङ, भिम गुरुङ, मन्जु गुरुङ र रिना गुरुङको दमदार अभिनय समावेश छ। कलाकारहरूको सहज अभिनय, सांस्कृतिक अभिव्यक्ति र कथामा बग्ने भावनात्मक प्रवाहले चलचित्रलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
चलचित्रको छायांकन बिशाल प्रजापति र प्रकाश गुरुङ (काश) ले गरेका छन् भने सम्पादन कलर राजेन्द्र खड्काले सम्हालेका छन्। संगीत तर्फ आशु लामा कौरा र टाइटल गित सुबाश गुरुङको रहेको छ।गीतहरूमा गायकगायिकाहरू गणेश गुरुङ (सुबाश), मेलिना राई, उषा गुरुङको सुमधुर स्वर समावेश छ भने कोरियोग्राफी कमल गुरुङले गरेका छन्। रचना,कथा लेखन तथा निर्देशन **गणेश गुरुङ (सुबाश)**ले गरेका हुन्। स्थानीयता, मौलिकता र सांस्कृतिक आत्मालाई निर्देशकले कथामा प्रष्ट देखाउन सफल भएको निर्माण पक्षले जनाएको छ। चलचित्र ‘तेनो कुर्सी’ले विशेष प्रदर्शनको शुरुवात यहि मंसिर २४, २७ र २८ गते पोखराबाट गर्न लागेको छ। पोखरेली दर्शकबाट अपार माया र समर्थन प्राप्त हुने विश्वास निर्माण पक्षले जनाएको छ।
पोखरा प्रदर्शनपछि चलचित्रलाई नेपालका विभिन्न शहरहरूमा, साथै विदेशमा रहेका नेपाली समुदाय भएको थुप्रै देशहरूमा समेत प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शन अगावै चलचित्रप्रति दर्शकको चासो अत्यधिक बढेको र माग पनि उल्लेख्य रूपमा आएको निर्माण पक्षले जानकारी दिएको छ। फिल्म यूनिटले पोखरा ट्रेड मल (QFX) मा दिउँसो ११:३० र श्री कृष्ण चलचित्रभवन मा १२:०० बजे हुने विशेष शोमा सम्पूर्ण दर्शकहरूलाई उपस्थित हुन हार्दिक निमन्त्रण गरेको छ। गुरुङ सस्कार र संस्कृति समेटिएको चलचित्र ‘तेनो कुर्सी’ सबै नेपालीले हेर्नैपर्ने चलचित्र भएको पनि निर्माण पक्षको दाबी छ।