काठमाडौँ। गायक नरदेव गुरुङ (Andy) र चर्चित गायिका सिमरन परियारको मिठासपूर्ण स्वरमा सजिएको नयाँ सांगीतिक सौगात ‘नौनी जस्तो मन’ को आधिकारिक भिडियो सार्वजनिक गरिएको छ। एनडी तमू अफिसियल (ND Tamu Official) युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकसामु ल्याइएको हो।सार्वजनिक गीतमा स्वयं गायक नरदेव गुरुङकै शब्द तथा संगीत सिर्जना रहेको छ। गीतलाई वरिष्ठ संगीत संयोजक देवेश राईले एरेन्ज, मिक्सिङ, मास्टरिङ र रेकर्डिङ गरेका हुन् भने गीतको रेकर्डिङ रंकासु (Rangkasu) स्टुडियोमा गरिएको हो।

तारा गुरुङ (साइँली) को निर्माणमा तयार भएको यस भिडियोको निर्देशन तथा कोरियोग्राफी कुशल निर्देशक मौसम हिमालीले गरेका हुन्। भिडियोमा मोडल जुना विश्वकर्मा, प्रभात पाल ठकुरी र स्वयं गायक नरदेव गुरुङको अभिनय देख्न सकिन्छ। जुना र प्रभातबीचको जीवन्त अभिनय र रोमान्टिक केमेस्ट्रीले भिडियोलाई निकै आकर्षक बनाएको छ।

बुद्ध थापाको उत्कृष्ट छायांकन रहेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन, कलर र ग्राफिक्स (GFX) गरेका हुन्। गीतको अडियो र भिडियो दुवै उच्चस्तरीय बनेको भन्दै सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

तपाईको प्रतिक्रिया