काठमाडौँ

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘झम्के बुलाकी’ बजारमा आएको छ। सुमन्ता माझीको शब्द र स्वर रहेको यस गीतमा विशाल माझीको संगीत तथा संगीत संयोजन (एरेन्ज) रहेको छ। काठमाडौँस्थित ‘स्टुडियो २१’ मा रेकर्डिङ गरिएको यस गीतको मिक्सिङ र मास्टरिङ वरिष्ठ ध्वनि सम्पादक मनोज डङ्गोलले गरेका हुन्। भिडियो तथा अभिनय गीतको म्युजिक भिडियोलाई आकर्षक दृश्यहरूका साथ तयार पारिएको छ। बद्री साहको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई अजय वाइबाले छायाङ्कन (क्यामेरा) गरेका हुन्।

भिडियोमा निर्देशक बद्री शाहका साथै सिसम माझी, तिलक माया घिसिङ र सम्झना ढकालको उत्कृष्ट अभिनय तथा नृत्य हेर्न सकिन्छ।यस्तै, भिडियो निर्माणमा दिया श्रेष्ठ, पवित्रा मगर, सुस्मिता माझी, रविना माझी, पेमा योञ्जन, माया योञ्जन, सुनिता सिङ्गार, विमला वाईबा, रित्ता तामाङ, फुलमाया तामाङ, सोमा तामाङ, निरु राई, सीता राना मगर, बिना थिङ र पवित्रा भण्डारी लगायतले विशेष सहयोग गरेका छन्। मौलिक शब्द, कर्णप्रिय संगीत र आकर्षक नृत्यका कारण ‘झम्के बुलाकी’ गीतलाई तीजको माहोलमा दर्शक तथा स्रोताहरूले मन पराउनेमा निर्माण पक्ष आशावादी रहेको छ।

May be an image of ‎one or more people and ‎text that says '‎आइतबार, भाद्र २5, २०५३ NIM WARD AARD הגגגא NAMA AMASTE -UNLINE UNLINET बद्री शाहको निर्देशनमा मौलिक तीज गीत 'झम्के बुलाकी' सार्वजनिक कुन्दन फिल्मस युटुब च्यानलमा हेर्नु होला www.namasteonlinenews.com‎'‎‎

तपाईको प्रतिक्रिया