काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आइतबार  सार्वजनिक बिदा
 सरकारले आइतबार काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिएका छन् । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।

काठमाडौँ शान्तिबाटिकामा बाट सडकमा उत्रिए राजावादी, तस्बिरहरू संगै

काठमाडौँ शान्तिबाटिकामा बाट सडकमा उत्रिए  राजावादी, तस्बिरहरू संगै
संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् । स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो। https://www.youtube.com/watch?v=-DnFlV6jXDk&t=35s  

भ्वाइस किड्सको कोचमा परिवर्तन

भ्वाइस किड्सको कोचमा परिवर्तन
भ्वाइस किड्सको नयाँ सिजनको ब्लाइण्ड अडिसनको छायांकन सुरु भएको छ। चौथो सिजनसम्म आइपुग्दा दर्शकले निकै रुचाएको यो शोको कोचमा हेरफेर भएको छ। अघिल्लो सिजनमा रहेका दुई कोच दोहोरिएका छन् भने दुई नयाँ कोचको प्रवेश शोमा भएको छ। कोचको रुपमा खेम सेन्चुरी र सत्यराज आचार्यको प्रवेश भएको छ। मिलन नेवार र मेलिना राई भने यथावत रहेका छन्। अघिल्लो सिजनमा प्रमोद खरेल र छेवाङ्ग लामा कोचको रुपमा रहेका थिए। प्रम...

लोड्सेडिङ्ग सामाजिक सञ्जालमा मात्रै हो, यसमा कुनै यथार्थमा छैन: ऊर्जामन्त्री खड्का

लोड्सेडिङ्ग सामाजिक सञ्जालमा मात्रै हो, यसमा कुनै यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
मन्त्री खड्काले बेला बखत विद्युत विच्छेद हुने अवस्था आज मात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताए। गत वर्षमा पनि वर्षमा ७ सय घन्टासम्म यसरी विभिन्न पटक विद्युत गएको उनको दाबी थियो। 'यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौं। आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिर...