पाली चलचित्र उद्योगमा डेढ दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएकी अभिनेत्री आशा भुषाल आज नेपाली सिनेप्रेमीहरूको मनमुटुमा बस्न सफल नाम बनेकी छिन्। सिन्धुलीमा जन्मिएकी र हाल ललितपुरमा बसोबास गरिरहेकी आशाले अभिनयको दुनियाँमा आफ्नो विशेष स्थान बनाएकी छिन्। भने हट एण्ड बोल्ड अभिनेत्री आशा भुषाल चलचित्र देखि म्युजिक भिडियो सम्मको चम्किलो यात्रामा अहिले उही नायिका अभिंत तीज गीत ‘सरकारी प्याउली जोबन’ भखरै मात्र सार्बजनिक छ 
हट एण्ड बोल्ड अभिनेत्री आशा भुषालले चलचित्र ‘दुश्मनी’ बाट चलचित्र दुनियामा आफ्नो यात्रा सुरु गरेकी हुन्। यही चलचित्रबाट उनले अभिनय यात्रा आरम्भ गर्दै नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउने यात्रामा पाइला टेकेकी थिइन्। त्यसयता उनले ‘समर्पण’, ‘सुनपानी’, ‘झिगैडाउ’, ‘उपहार’, ‘लभ इज लाइफ’ जस्ता चलचित्रहरूमा अभिनय गर्दै आफूलाई एक सशक्त अभिनेत्रीका रूपमा दर्शकमाझ स्थापित गरिसकेकी छिन उनको अभिनयशैली दमदार, स्वाभाविक र भावनात्मक अभिव्यक्तिले भरिएको हुन्छ। नेपाली चलचित्रका अलावा आशाले थुप्रै नेपाली लोक, दोहोरी, आधुनिक गीत तथा हिन्दी गीतहरूमा मोडलिङ गरेकी छिन्। धेरैजसो गीतहरू दर्शकमाझ अत्यन्त लोकप्रिय भएका छन्। आफ्नो बोल्ड लुक्स, आत्मविश्वासपूर्ण हाउभाउ र गहिरो अभिनय क्षमताले उनी गीतहरूमा समेत झन् चम्किएर देखिन्छिन् तेतिमत्र होइन आशा भुषालको अभिनय यात्राले केवल नेपाली सिमानाभित्र मात्र सीमित रहेन। उनले २–३ वटा भोजपुरी चलचित्रहरूमा समेत अभिनय गरेकी छिन्। भोजपुरी सिनेमामा समेत सहज अभिनय गरेर आफूलाई बहुभाषिक र बहुपरिसरमा अभिनय गर्न सक्ने कलाकारका रूपमा प्रमाणित गरेकी छिन्।
नेपाली चलचित्रमा अहिलेको पुस्ताकी हट एण्ड बोल्ड अभिनेत्रीको रूपमा आशा चिनिन्छिन्। आफ्नो सुन्दरता, आत्मविश्वास, प्रस्तुतिमा भएको साहसिकता र ग्ल्यामरस छविका कारण उनले युवा दर्शकहरूमा छुट्टै प्रभाव जमाएकी छिन्। अभिनयमा मात्र होइन, उनी फेसन सेन्स र पर्फमेन्समा पनि अत्यन्तै अपडेटेड देखिन्छिन्।उनले अभिनय गरेका अधिकांश चलचित्र र गीतहरू सामाजिक सञ्जालदेखि मिडिया रिपोर्टसम्म चर्चित र हिट भएका छन्। चाहे त्यो ग्रामीण पृष्ठभूमिको भूमिकामा होस् वा आधुनिक, बोल्ड र साहसी भूमिकामा – आशाले आफूलाई सधैं फरक र प्रभावशाली रूपमा प्रस्तुत गर्दै आइरहेकी छिन्।नारी सशक्तिकरण, मेहेनत र आत्मनिर्भरताको प्रतीकका रूपमा आशा भुषाल नेपाली चलचित्र उद्योगमा एक प्रेरणादायी नाम हो। उनी आफ्नो करियरप्रति अत्यन्तै गम्भीर, मेहनती र समर्पित कलाकार हुन्। कुनै पनि भूमिकामा आफूलाई पूरा समर्पणका साथ प्रस्तुत गर्ने उनी, नयाँ पुस्ताका कलाकारहरूको लागि पनि प्रेरणाको स्रोत बनेकी छिन्।
नेपाली फिल्म उद्योगमा नयाँ तरंग ल्याउने सपना बोकेकी आशा भुषालको यात्रा अझै रोकिने छैन। उनको अदाकारी, मोहक व्यक्तित्व र सशक्त अभिनयले आगामी दिनमा नेपाली सिनेमा र संगीतमा अझ नयाँ उचाइ थप्ने विश्वास राख्न सकिन्छ भने भखरै मात्र तीज गीत सरकारी प्याउली जोबन’ सार्वजनिक भएको छ गीतमा गायक विष्णु प्रसाद शर्मा, नरहरि प्रेमी, पूर्णकला बि.सी., र अनिल श्रेष्ठको स्वर सुन्न सकिन्छ। यी सबै कलाकारहरूको आवाजले गीतलाई जीवन्तता दिएको छ भने मौलिक स्वादलाई अझ सशक्त बनाएको छ। गीतमा विष्णु प्रसाद शर्माकै शब्द र भाका संयोजन रहेको छ जसले गीतको आत्मालाई अझ गहिरो बनाएको छ।भिडियोमा पवन खतिवडा बाबा र आशा भुषालको जोडी देख्न सकिन्छ। दुबै कलाकारले गाउँले परिवेशमा प्रेमभाव, हर्ष, र हास्यको रंग मिसाएर अत्यन्तै मनछुने अभिनय प्रस्तुत गरेका छन्। उनीहरूको अभिनयले गीतको सन्देशलाई थप प्रभावशाली बनाएको छ।गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने संगीत निर्देशन नरहरि प्रेमीले गरेका छन्। दुबैको संगीतकला यस गीतमा स्पष्ट रुपमा झल्किएको छ। लोकधुनको मौलिकतालाई कायम राख्दै आधुनिक संयोजनको मेल प्रस्तुत गरिएको छ छायाँकन: खेम थापा
कोरियोग्राफी: अर्जुन बि.सी सम्पादन / निर्देशन तथा सम्पादन निर्देशन राजकुमार रहेको छ |






















