भारत बाट गीत निकाल्दा र्‍यापर विकासको हातमा हतकडी। गीतको शीर्षककै कारण सिर्जना भयो यस्तो बबाल गीत देखियो भने तपाईं के सोच्नुहुन्छ ? यही प्रश्नले अहिले धेरैलाई सोच्न बाध्य बनाएको छ। तर यहाँ कुरा वास्तविक घटनाको होइन, गीतको शीर्षककै कारण सिर्जना भएको कौतुहलताको हो। भर्खरै मात्र र्‍यापर तथा गायक विकासको युट्युब च्यानलमार्फत सार्वजनिक भएको नयाँ गीत ‘हतकडी’ ले सार्वजनिक भएको छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएको छ।गीतको नामले नै दर्शक–श्रोताको ध्यान केन्द्रित गरेको यो र्‍याप गीत विशेषगरी युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको छ।

फिल्मी शैलीको कथा, सशक्त दृश्य संयोजन र नयाँ प्रयोगले भिडियो दर्शकलाई अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ। नेपाली र्‍याप संगीत क्षेत्रमा सानैदेखि संघर्ष गर्दै आएका र्‍यापर विकास अहिले यही गीतको प्रमोसनमा व्यस्त रहेका छन्।मित्र राष्ट्र भारतमा रहेर पनि निरन्तर नेपाली गीत–संगीतमा सक्रिय र्‍यापर विकास बझाङ जिल्लाको पालकोट गाउँपालिका वडा नम्बर २, धमेनामा जन्मिएका हुन्। उनले यसअघि पनि थुप्रै र्‍याप गीतहरू सार्वजनिक गरिसकेका छन् भने ती गीतहरूसँगै विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्ना प्रस्तुति दिँदै आएका छन्। सोही निरन्तरता स्वरूप ‘हतकडी’ गीतले पनि उनको लोकप्रियता दिनप्रतिदिन बढाइरहेको देखिन्छ।सार्वजनिक गीत ‘हतकडी’ मा र्‍यापर विकासकै स्वर रहेको छ भने गायिकामा कञ्चन बराल को समेत आवाज समावेश गरिएको छ। यो कञ्चन बरालको पहिलो गीत भए पनि उनको स्वर र प्रस्तुति हेर्दा भविष्यमा उनीबाट अझ राम्रो कामको अपेक्षा गर्न सकिने देखिन्छ। गीतमा शब्द र्‍यापर विकासकै रहेको छ भने संगीत संयोजन कञ्चन नेपालीले गरेका छन्।गीतको भिडियो निर्देशन तथा छायांकन पनि र्‍यापर विकास आफैंले गरेका हुन्। भिडियोमा र्‍यापर विकास र गायिका कञ्चन बराल स्वयंले अभिनय गरेका छन्। साथै, भिडियोमा अन्य कलाकारहरू विवेक नेपाली, बाबु राजा, हिमाल र कुमारले पनि अभिनयमार्फत राम्रो साथ दिएका छन्।

HATKADI | NEW NEPALI SONG | RAPPER BIKASH AND KANCHAN BARAL | FEATURING VIVEK NEPALI AND BABU RAJAसबै कलाकारको अभिनयका कारण भिडियो अझ दमदार र प्रभावशाली बनेको छ।भारतका विभिन्न स्थानमा छायांकन गरिएको ‘हतकडी’ गीतको भिडियो हेर्न चाहनुहुने दर्शक–श्रोताले र्‍यापर विकासको आधिकारिक युट्युब च्यानल मा गएर हेर्न सक्नुहुनेछ। नयाँ सोच, फरक प्रस्तुति र सशक्त कथावस्तुका कारण यो गीत नेपाली र्‍याप संगीत क्षेत्रमा एउटा नयाँ प्रयोगका रूपमा हेरिएको छ।को हातमा हतकडी देखियो भने तपाईं के सोच्नुहुन्छ ? यही प्रश्नले अहिले धेरैलाई सोच्न बाध्य बनाएको छ। तर यहाँ कुरा वास्तविक घटनाको होइन, गीतको शीर्षककै कारण सिर्जना भएको कौतुहलताको हो। भर्खरै मात्र र्‍यापर तथा गायक विकासको युट्युब च्यानलमार्फत सार्वजनिक भएको नयाँ गीत ‘हतकडी’ ले सार्वजनिक भएको छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएको छ।गीतको नामले नै दर्शक–श्रोताको ध्यान केन्द्रित गरेको यो र्‍याप गीत विशेषगरी युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको छ। फिल्मी शैलीको कथा, सशक्त दृश्य संयोजन र नयाँ प्रयोगले भिडियो दर्शकलाई अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ। नेपाली र्‍याप संगीत क्षेत्रमा सानैदेखि संघर्ष गर्दै आएका र्‍यापर विकास अहिले यही गीतको प्रमोसनमा व्यस्त रहेका छन्।मित्र राष्ट्र भारतमा रहेर पनि निरन्तर नेपाली गीत–संगीतमा सक्रिय र्‍यापर विकास बझाङ जिल्लाको पालकोट गाउँपालिका वडा नम्बर २, धमेनामा जन्मिएका हुन्। उनले यसअघि पनि थुप्रै र्‍याप गीतहरू सार्वजनिक गरिसकेका छन् भने ती गीतहरूसँगै विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्ना प्रस्तुति दिँदै आएका छन्। सोही निरन्तरता स्वरूप ‘हतकडी’ गीतले पनि उनको लोकप्रियता दिनप्रतिदिन बढाइरहेको देखिन्छ।सार्वजनिक गीत ‘हतकडी’ मा र्‍यापर विकासकै स्वर रहेको छ भने गायिकामा कञ्चन बराल को समेत आवाज समावेश गरिएको छ। यो कञ्चन बरालको पहिलो गीत भए पनि उनको स्वर र प्रस्तुति हेर्दा भविष्यमा उनीबाट अझ राम्रो कामको अपेक्षा गर्न सकिने देखिन्छ। गीतमा शब्द र्‍यापर विकासकै रहेको छ भने संगीत संयोजन कञ्चन नेपालीले गरेका छन्।गीतको भिडियो निर्देशन तथा छायांकन पनि र्‍यापर विकास आफैंले गरेका हुन्। भिडियोमा र्‍यापर विकास र गायिका कञ्चन बराल स्वयंले अभिनय गरेका छन्। साथै, भिडियोमा अन्य कलाकारहरू विवेक नेपाली, बाबु राजा, हिमाल र कुमारले पनि अभिनयमार्फत राम्रो साथ दिएका छन्। सबै कलाकारको अभिनयका कारण भिडियो अझ दमदार र प्रभावशाली बनेको छ।भारतका विभिन्न स्थानमा छायांकन गरिएको ‘हतकडी’ गीतको भिडियो हेर्न चाहनुहुने दर्शक–श्रोताले र्‍यापर विकासको आधिकारिक युट्युब च्यानल मा गएर हेर्न सक्नुहुनेछ। नयाँ सोच, फरक प्रस्तुति र सशक्त कथावस्तुका कारण यो गीत नेपाली र्‍याप संगीत क्षेत्रमा एउटा नयाँ प्रयोगका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया