काठमाडौं । नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै समाजसेवामा निरन्तर समर्पित रहँदै आएकी कलाकार तथा समाजसेवी माया थामी लाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । मानवता, सहयोग र निस्वार्थ सेवामार्फत समाजमा उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो ।आजको व्यस्त र स्वार्थी समाजमा जहाँ धेरै मानिस आफ्नै जीवन संघर्षमा अल्झिरहेका छन्, त्यही समाजमा केही यस्ता व्यक्तित्व पनि छन् जसले आफ्नो जीवन अरूको सेवा र सहयोगमा समर्पित गरेका छन् । त्यस्तै प्रेरणादायी व्यक्तित्वको रूपमा माया थामीलाई लिइन्छ । कार्यक्रममा बोल्दै आयोजकहरूले माया थामी केवल नामले कलाकार नभई कर्मले मानवता बोकेको असल व्यक्तित्व भएको उल्लेख गरे । “उहाँले कला र सामाजिक सेवालाई सँगै अघि बढाउँदै पीडित, असहाय, बेसहारा र दुःखी मानिसहरूको जीवनमा आशा बाँड्ने काम गरिरहनुभएको छ,” कार्यक्रममा भनियो ।
![May be an image of dais and text that says 'BADRITHAPA ]PNOTOGRAPHY CaPaNas समृद्ध पलचित्र उदयोगको आधार जिम्मेवार मर्यादित ट्यावसामि- पलचित्र पत्रकार I ilm Journalist Assoc Assocheeon oon N 27T nnual ition त्र पत्र्का NATION OURN 3.02 .") T ពេះិ'](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/705213676_1525016726302864_4340347338739034541_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=127cfc&_nc_ohc=Cw0ztuab5MAQ7kNvwHCvq6C&_nc_oc=AdpdFOMVJzDZfiAhS4SeFPWTEgCDUZb0-XhJtkoaMW5gcuz2-6NW0lV2yjq2dFJojuu-CRtnA8pPEmjH6zsTsiYH&_nc_zt=23&_nc_ht=scontent.fktm9-2.fna&_nc_gid=PyFpaF-8pO-YXr-P3GTysw&_nc_ss=7d2a8&oh=00_Af7ceIPtxNulnu2CskddLa4NpXtCtgGUuCwYb5eDr3Eq-Q&oe=6A160FFB)
लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी माया थामी चौबिसै घण्टा दिनरात नभनी विभिन्न स्थानमा पुगेर सहयोगी हात बनेकी छन् । प्रचारभन्दा सेवालाई ठूलो मान्ने उहाँको स्वभावले धेरै मानिसको मन जितेको छ ।उहाँको हरेक दिन कसैको आँसु पुछ्ने, कसैको पीडामा साथ दिने, कसैलाई साहस दिने र निराश जीवनमा आशाको उज्यालो भर्ने कार्यमै बित्ने गरेको उहाँसँग नजिकबाट काम गर्नेहरूले बताएका छन् ।विशेषगरी आर्थिक अवस्था कमजोर भएका, असहाय, बिरामी तथा बेसहारा व्यक्तिहरूको सहयोगमा माया थामी सधैं अग्रसर रहँदै आएकी छन् । विभिन्न ठाउँमा पुगेर राहत, आर्थिक सहयोग, खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्नुका साथै भावनात्मक रूपमा पनि साथ दिँदै आएकी छन् ।कला क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय मानिन्छ । विशेषगरी आफ्नो नृत्यकला र प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिन सफल माया थामीले कला र मानवतालाई सँगै अघि बढाउने उदाहरण प्रस्तुत गरेकी छन् ।कार्यक्रममा वक्ताहरूले माया थामीको सामाजिक कार्यले धेरै युवालाई समाजसेवामा प्रेरित गरेको बताए । “उहाँको सहयोगी भावना र निस्वार्थ सेवाले आज धेरै सहयोगी हातहरूलाई पनि सामाजिक अभियानमा जोड्ने काम गरेको छ,” कार्यक्रममा भनियो ।सम्मान कार्यक्रममा आयोजकहरूले लामो समयदेखि माया थामीसँग नजिकबाट सहकार्य गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँको योगदान अमूल्य रहेको बताए । “हामीले उहाँलाई नजिकबाट बुझ्ने, सँगै यात्रा गर्ने अवसर पाएका छौं । आजको कार्यक्रममा पनि उहाँले विशेष साथ र सहयोग गर्नुभएको छ । उहाँको यही अमूल्य योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो,” आयोजक पक्षले जनाएको छ ।सम्मान ग्रहणपछि माया थामीले आफूले गरेको सेवा कुनै सम्मान वा प्रचारका लागि नभई मानवताको भावनाले प्रेरित भएर गरिरहेको बताइन् । “मानिसको पीडामा साथ दिन पाउनु नै मेरो लागि ठूलो खुशी हो,” उनले भनिन् ।समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै कला र मानवतालाई सँगै अघि बढाइरहेकी माया थामी आज धेरैका लागि प्रेरणाको स्रोत बन्दै गएकी छन् । उहाँको योगदानले नेपाली समाजमा सहयोग, सहकार्य र मानवताको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा आदरणीय व्यक्तित्वहरूको विशेष उपस्थितिले कार्यक्रमको रौनक थप बढाएको थियो । कार्यक्रममा राजेश हमाल, भुवन चन्द, चैत्य देवी सिंह, समिर बलामी, करिश्मा मानन्धर, दिनेश डीसी, रेखा थापा, पल शाह, वसुन्धरा भुसाल तथा सुरक्षा पन्त लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य, आकर्षक र स्मरणीय बनाएको आयोजकले बताएका छन् ।




















