अर्घ्यानिक भाव र पवित्र मायाको प्रतिविम्ब — “दुःखा बिसौला” सार्वजनिक, गायक कुमार विश्वकर्माको मौलिक सिर्जना दर्शकको मन छुने प्रयास

नेपाली लोकसंगीत क्षेत्रमा एकदमै मौलिक र अर्घ्यानिक भाव बोकेको नयाँ गीत “दु:ख बिसाउला” सार्वजनिक भएको छ। गीतको शब्द, लय र दृश्यले नेपाली संगीतमा एक पवित्र माया र आत्मीय भावनाको सन्देश दिएको छ।गीतको शब्दमा — “हास ए साइला मणि मिसाउला…” जस्ता मधुर भावहरूले कुनै छलकपट नभएको, सच्चा र निष्ठावान प्रेमको कथा प्रस्तुत गरेको अनुभूति गराउँछ। दृश्यमा पनि कुनै अश्लीलता वा छाडापन बिना, परिवारका सबै सदस्यले सँगै बसेर हेर्न मिल्ने किसिमको सुन्दर दृश्यांकन गरिएको छ।

गायक कुमार विश्वकर्मा र गायिका शान्ती श्री परियारको सुमधुर स्वरले सजिएको यो गीतमा कोरस स्वरमा सुमन सिंह, राजेश विश्वकर्मा, अम्बिका सुनारसुस्मा सोनीले साथ दिएका छन्।गीतको शब्द र संगीत कुमार विश्वकर्माकै सिर्जना हो भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ एच.बी.एन. किस्मतले गरेका छन्।भिडियो निर्देशन विनोद भण्डारी, कोरियोग्राफी प्रशान्त मगर, छायांकन रेशम दरलामी, र सम्पादन मनोज कार्कीले सम्हालेका छन्। भिडियोमा गायक स्वयं कुमार विश्वकर्मा र मोडल दीपा शाहीको आकर्षक अभिनय देख्न सकिन्छ।

May be an image of smiling and text that says 'KUMAR BISHOWKARMA PRESENTS YouTube /KUMAR BISHOWKARMA KUMAR BISHOWKARMA DIPA SHAHI बिराउला BY दुःख VIDFORY BINODBHANDARI BINOD BHANDARI SINESEAVTISIRETIR BISHOWKARMA LIRICSMIEKUMARBISHOWKARMA LYRICSMLSICKUMAR BISHOWKARMA SINGER SHANTI SHREE RRANGE INNG LYINGMASTERING STERINO HBV KISMAT STUTOIDBHD MANE STUTIO IDBHD TAMA. RESHAM DARI AMI CHOREOGRAPHER.PRASHANTM AMITHEAEAIENILAIEAMO GRAPHERPRASHA PRASHA MAGARED COLOR MA NOI KARKI CIRECTOR BINOD BHANDARI POSTWORE WCRK GODHULICREATION GODHULI Spotify rosso TikTok EMUSIC รอเา imemedic ฐามลาย RELEASING SOON'

गुल्मी सत्यवती–३, ठूलो लुम्पेकका स्थायी बासिन्दा गायक कुमार विश्वकर्मा करिब साढे आठ वर्षदेखि दोहोरी साझमा सक्रिय रहँदै आएका छन्। उनले आफ्नो संगीत यात्रामा कहिल्यै पनि छाडा वा अश्लील शब्द प्रयोग नगरी, सधैंं शुद्ध र अर्थपूर्ण गीतमार्फत संगीतलाई पूजाको रूपमा अघि बढाएका छन्। तर पछिल्लो समयमा अश्लीलता मिसिएका गीतहरू चर्चामा आउने क्रम बढ्दै जाँदा, यस्ता शुद्ध गीतहरूलाई दर्शकले पर्याप्त माया नदिएको गुनासो समेत उनले गरेका छन्।

उनले भने, “दुःखसँगै हरेक पल लाखौँ पटक डुबेको छु, तर संगीतप्रतिको आस्था र माया कहिल्यै हराएको छैन।”गीत सुन्दा र हेर्दा दर्शकले वास्तविक प्रेमको अर्थ र लोकसंगीतको गहिरो मिठास अनुभूति गर्न सक्नेछन्।
यदि तपाईं पनि मौलिक नेपाली संगीत सुन्न रुचाउनुहुन्छ भने कुमार विश्वकर्मा युट्युब च्यानलमा गएर ‘दुःखा बिसौला’ गीत सुन्न र हेर्न सक्नुहुन्छ।

तपाईको प्रतिक्रिया