काठमाडौं ।
दशैंको पुर्णिमाको शुभ अवसर पारेर नेपाली चलचित्र ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले यो गीत सार्वजनिक गर्दै दर्शकमाझ नयाँ उत्साह भरेको छ ।राजेश पायल राई र मेलिना राईको मनमोहक स्वर रहेको गीतमा पदम साधना कुलुङको शब्द रचना रहेको छ भने तोरेम्पाहाङ राईले संगीत भरेका छन् । मौलिक लय र किराँती संस्कृतिको रंगमा रङ्गिएको यो गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरले साकेला नाच प्रस्तुत गरेका छन् । उनीहरूको जोडीमा देखाइएको जोश, उत्साह र मौलिक पहिचानले गीतलाई अझ जीवन्त बनाएको छ । भिडियोमा किराँत समुदायको परम्परागत साकेला नाचको सुन्दर झल्को प्रस्तुत गरिएको छ, जसले नेपालको पूर्वी भेगको सांस्कृतिक सौन्दर्य झल्काउँछ ।

साकेला नाच राई समुदायले आफ्नो परम्परागत पर्वका रूपमा मनाउने गर्छन् । यो पर्व धान रोपाइँदेखि बाली भित्र्याउने समयसम्मको सामूहिक उत्सव हो, जसमा सामूहिक नृत्य, गीत र खुसी बाँड्ने चलन रहँदै आएको छ । गीतले त्यही सांस्कृतिक आत्मा बोकेको कारणले यस वर्षको तिहार र चाडपर्वमा पनि विशेष लोकप्रियता पाउने अपेक्षा गरिएको छ ।‘मैझारो’ फिल्म लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धमा आधारित मौलिक कथामा बनेको छ । कथा अनुसारका गीत र सांस्कृतिक प्रसङ्ग समावेश गरिएकाले फिल्ममा नेपाली समाजको विविधता र मौलिकता झल्किने निर्माण पक्षको भनाइ छ ।May be an image of 5 people and text that says 'PRODUCTIO Takme Production ProductionINASSOCIATION ASSOCIATION WITHHighlander CreWPRESENTS PRESENTS IL साकेला नाचौ मैभारो. Maijharo बेसज जिर्वेशज विल्सन विक्रम राई IN CINEMAS कार्तिक 24, 2025 MOVIE SONG RELEASING ON TODAY PIPD TAKME PRODUCTION MAIJHARO" ONBIKRAMRAI HIGHLANDER CREW ABHAYA ANMOL GURUNGE CHALCHITRACHAUTARI BENISHPHAGO KAMALRAI KUMARACHARYA PHURBA ARINZINGS MIRUNA MNGO.OAUATARAOUO CURBAT ORONG, BUDDHIT UDAYSUBBA, LBISHAL URUNG SUJANBADAL HHAINA WJJWALSH ODHADKANLIMBU. WILSONBIKRAMRAI SUBBA LINODEN MAA INCHAUDHARY ILANDIKRAMSHAH BINODMAGAR ANILDAHAL DAHAL ANIL dREigla H.O.PE. चरचिव यौमारी'

यसअघि सार्वजनिक गरिएको पोस्टर, टिजर र पहिलो गीत ‘तिमीलाई के थाहा सानु’ले दर्शकमाझ उच्च उत्सुकता जगाइसकेको छ । त्यसमाथि ‘साकेला नाचौ’ रिलिजसँगै फिल्मको हाइप झनै बढेको छ ।‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र हो । नेपाली मौलिक कथा, हाँस्य र भावनात्मक पाटो समेटिएको यो फिल्ममा धिरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुसहित दर्जनौं चर्चित कलाकारले अभिनय गरेका छन् ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको चलचित्रमा गीतहरूमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । गायनमा राजेशपायल राई, मेलिना राई, झुमा लिम्बू, अस्मिता अधिकारी लगायतका लोकप्रिय आवाज समावेश छन् । फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् भने वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ ।नेपाली मौलिक कथा र सांस्कृतिक पृष्ठभूमिमा बनेको यो फिल्म आगामी कातिक ७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
‘मैझारो’ले मनोरञ्जनसँगै नेपालीपन र संस्कृतिको गौरव उजागर गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

Sakela Nachau || MAIJHARO Movie Official Song 2025 || Dayahang, Dhiraj, Miruna, Deeya, Rajani, WBR

तपाईको प्रतिक्रिया