हङकङ। काठमाडौँ लगायत नेपालका विभिन्न स्थानहरूमा सफल प्रदर्शन भइसकेको गुरुङ संस्कृति र परम्परामा आधारित कथानक चलचित्र ‘अर्ध चन्द्र’ (Half Moon) आगामी सेप्टेम्बर २७, २०२६ (आइतबार) मा हङकङमा प्रदर्शन हुने भएको छ। शुभेच्छा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको यो चलचित्र सांस्कृतिक प्रवर्द्धनसँगै विशुद्ध मानवीय उद्देश्यका साथ हङकङमा प्रदर्शन गर्न लागिएको हो।गोरखाको बारपाक सुलिकोट गाउँपालिका निवासी २९ वर्षीया विष्णु गुरुङ विगत ७–८ वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत छिन्। आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकी विष्णुको मिर्गौला प्रत्यारोपण तथा स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले चलचित्रको विशेष शो आयोजना गर्न लागिएको हो। यसअघि नेपालका विभिन्न ठाउँमा च्यारिटी शो गरी संकलित रकमबाट सहयोग गरिसकिएको र अहिले हङकङ प्रदर्शनबाट सङ्कलन हुने रकमको केही भाग पनि विष्णु गुरुङकै उपचारको कोषमा हस्तान्तरण गरिने आयोजकले जनाएका छन्।

May be an image of text that says 'SOVECHHA SOVECHHA FILMS PRESENTS SUPPORTED BY 27 SEPTEMBER 6PM ONWARDS Halp Halrecon अर्धचन्द्र PREMIER MOVIE SHOW IN HONGKONG with Snacks Soft C DRINR VENUE: BLUE OCEAN RESTAURANT DOORS OPEN 6:00 PM ONWARDS MEDIA PARTNER COME,ENJOYAGREATMOVIENICHT ENJOY AGREAT MOVIENIGHT COME WTHDELICIOUSSNACKS&AMAZING.COMPANY WITHDELICIOUSSNACKS AMAZING COMPANY! HK Darpan SEE YOU THERE! Aash PHOTOGRAPHY'

चलचित्रको प्रवर्द्धन तथा विशेष प्रदर्शनीका लागि निर्माण टिम नै हङकङ पुग्ने भएको छ। टिमका प्रतिनिधिहरूले हङकङमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा साथीभाइहरूलाई नमस्कार व्यक्त गर्दै यस परोपकारी अभियानमा सहभागी हुन हार्दिक अपिल गरेका छन्।हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक कथावस्तुलाई पर्दामा उतारिएको यो चलचित्रले हङकङस्थित नेपाली समुदायलाई आफ्नै माटो र संस्कृतिको नजिक पुर्‍याउनुका साथै एक मिर्गौला पीडित बहिनीलाई नयाँ जीवन दिन ठूलो मद्दत पुग्ने विश्वास निर्माण पक्षले लिएको छ।

कार्यक्रमको विवरण:

  • मिति: २७ सेप्टेम्बर २०२६ (आइतबार)

  • समय: साँझ ६:०० बजे

  • स्थान: ब्लु ओसियन रेष्टुरेन्ट (Blue Ocean Restaurant), जोर्डन, हङकङ

  • हङकङवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना परिवार, साथीभाइ र आफन्तजनका साथमा उपस्थित भई चलचित्र अवलोकन गरेर कला-संस्कृतिको प्रवर्द्धनका साथै मानवीय सेवाको यस पुण्य कार्यमा हात मालो गरिदिनुहुन आयोजक तथा निर्माण टिमले विनम्र अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया