काठमाडौँ। दर्शकमाझ निकै उत्सुकता र पर्खाइमा रहेको नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को आधिकारिक टीजर सार्वजनिक गरिएको छ। एमजीएफ फिल्म्स (MGF Films) को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्र आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने पक्का भएको छ। टीजर सार्वजनिक भएसँगै यसको मौलिक कथावस्तु, जीवन्त संवाद र सशक्त अभिनयलाई लिएर चौतर्फी तारिफ भइरहेको छ।बहुमुखी प्रतिभाका धनी कलाकार तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार पारिएको यस चलचित्रले भूपू सैनिक र उनीहरूको परिवारको जीवनसँग जोडिएको संवेदनशील, सामाजिक तथा पारिवारिक कथावस्तुलाई मर्मस्पर्शी रूपमा पर्दामा उतारेको सङ्केत टीजरले दिएको छ।

चलचित्रमा नेपाली सिनेमाका स्थापित अभिनेता दयाहाङ राई, प्रतिभावान अभिनेत्री गौमाया गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, दिवंगत दिग्गज अभिनेता सुनिल थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योक्खा, डिबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र कुबिना गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको उच्चस्तरीय निर्माण प्रविधि र दृश्य संयोजनले टीजरलाई अझ आकर्षक बनाएको छ। मिन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रलाई सुशान प्रजापतिले छायाङ्कन गरेका हुन् भने निमेष श्रेष्ठ र केर डी. कोइन्च लिनुचले मिहीन ढङ्गले सम्पादन गरेका छन्।त्यस्तै, चलचित्रको साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, रङ संयोजन राजेन्द्र मोक्तान र पब्लिसिटी डिजाइन आनन्द के. महर्जनले गरेका हुन्।सांगीतिक पक्षलाई पनि उत्तिकै सबल बनाइएको यस चलचित्रमा हर्क साउद, शिव बराइली र सुरज तमुको शब्द रचना तथा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको संगीत रहेको छ। गीतहरूमा राज बहादुर गुरुङ, सरुन गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, शिव बराइली, सुरज तमु, एलिना राई र सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ।टीजरले पाएको उत्साहजनक प्रतिक्रिया र चौतर्फी प्रशंसाले ‘पेन्सन पट्टा’ ले बक्स अफिसमा बलियो उपस्थिति जनाउने र दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले लिएको छ।

May be an image of one or more people, people smiling, people golfing and text that says 'Search Recommended YouTube जुना JuniJaala||PENS Juni Jaala PENS 2026 Dayahang Shanti Stree Puriyar, P New to yo OLDER कमत ቺር को 2 सेनसनपंडा पेन्सनपट्टा पट्टा पेन्सन'

तपाईको प्रतिक्रिया