दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ।  हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो।  हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्।  सोहि कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ।  रमाइलो र पारिवारिक चलचित्र दशैको माहोलमा दर्शकले रुचाउने भएका कारण पनि यो चलचित्रले बक्स अफिसमा राम्रो प्रभाव पर्ने अनुमान छ।Hari Bahadur Ko Jutta || Shree Byankatesh Entertainment Pvt Ltd

सार्वजनिक प्रचार सामग्रीलाई दर्शकले दिएको मायाले पनि यो चलचित्रलाई दर्शकले चासोका साथ हेरेको बुझ्न सकिन्छ।  पोष्टर देखि सार्वजनिक गीत र टिजरलाई दर्शकले प्रेम देखाईरहेका छन्।  सामाजिक संजालमा चलचित्रका गीतका क्लिपहरु भाइरल रहेका छन्।  २ हप्ता अगाडी सार्वजनिक गीत ‘बेला बितेसी’ लाई युट्युवमा २६ लाख बढी पटक हेरिएको छ भने २ लाख ५० हजार जति टिकटक भिडियो बनेका छन्।  अर्को गीत ‘ढाका टोपी शिरैमा’ लाई ३ दिनमा १० लाख बढी पटक हेरिएको छ।  यसले चलचित्रलाई धेरै दर्शक माझ पुर्याउन सफल भएको छ।HARI BAHADUR KO JUTTA (दशैँ, असोज १३ फूलपाती) - YouTube

चलचित्र चल्न सक्ने यी आधार बाहेक पनि अरु आधारहरु रहेका छन्।  चलचित्रको टिम बलियो रहेको छ।  हरिवंश आचार्यले नै लेखेको चलचित्रमा उनको साथमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।  कलाकारको बलियो उपस्थितिले पनि चलचित्र प्रति दर्शकको विश्वास बढ्ने पक्का छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्।  कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।  वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

तपाईको प्रतिक्रिया