काठमाडौं – बहुप्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको ट्रेलरले मुख्य पात्रहरूबारे रोचक झलक प्रस्तुत गर्दै चलचित्रको कथा र वातावरणबारे उत्सुकता थपिदिएको छ।क्राइम–थ्रिलर जनरामा तयार भएको यो चलचित्रमा मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरासिया रहेका छन्। ट्रेलरले उनको चरित्रलाई निकै गहिरो र रहस्यमयी रूपमा प्रस्तुत गरेको देखिन्छ। साथै, फिल्ममा लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला र शिशिर वाङ्देल लगायतका कलाकारहरूको दमदार उपस्थिति देख्न सकिन्छ।ABHIMANYU – CHAPTER 1| Nepali Movie Official Trailer 2025/2082 | 7Seas Cinema

फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा मुकेश खनालले लेखेका हुन्। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्।निर्माताको दाबी अनुसार चलचित्रले अपराध, रहस्य र मानवीय भावनालाई एकसाथ प्रस्तुत गर्नेछ। विशेषगरी कामेश्वर चौरासियाको अभिनयले कथालाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।

‘अभिमन्यु’ भदौ २७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारी छ भने यसको हिन्दी संस्करण असोज ६ गतेदेखि भारतसहित अन्य मुलुकमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षले बनाएको छ। यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास समेत गरिएको छ। यसअघि सार्वजनिक गरिएको पोस्टर र टिजरमै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए। अब ट्रेलर सार्वजनिकसँगै चलचित्रप्रतिको प्रतिक्षा झनै उच्च बनेको छ।

तपाईको प्रतिक्रिया