काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को टाइटल गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो’ को पोस्टर सार्वजनिक भएपछि दर्शकमाझ उत्साह थपिएको छ । गीत सार्वजनिक हुनु अघि नै फिल्मप्रेमीहरूमा काउकुती लागेको देखिएको छ ।निर्माता रोहित अधिकारी का अनुसार टाइटल गीत अर्को हप्ताको शुक्रबार सार्वजनिक गरिनेछ । गीतको छायांकनमा मात्र करिब १० दिन समय र मोटो रकम खर्च भएको बताइएको छ । चर्चित नृत्य निर्देशक कबिराज गहतराज को कोरियोग्राफीमा बनेको यस गीतलाई नेपालको रमणीय स्थानमा फिल्माइएको छ, जसले पुरानो लोकप्रिय गीत–भिडियोको झल्को दिने अपेक्षा गरिएको छ ।May be an image of 2 people and text that says 'रोहित अधिकारी फिल्मस प्रा.लि. को सबिनय चौथो ਮੇट माझती घर निर्माता निर्दशक कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाइ मिलन तामाइ ईशचर श्रेष्ठ, बरज लुवाल TITLE SONG THIS THURSDAY दश શ०વશ फूलपाती प्रदर्शन मिति असोज १३ SEPT 29 SONG RELEASING ON OSRDigital Entertain heNation'

‘रोहित अधिकारी फिल्म्स’ को ब्यानरमा बनेको फिल्मलाई मिलन तामाङ ले निर्देशन गरेका हुन् । फिल्मको कथा चन्द्रकुमार दोङ को हो भने पटकथा तथा संवाद रामशरण पाठक ले तयार पारेका छन् । यसमा रविन शेरचनधिरज तामाङ को संयुक्त लगानी रहेको छ ।फिल्मको छायांकनमा सुशन प्रजापति, सम्पादनमा सुरेन्द्र पौडेल, गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरल, संगीतमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्व. जयदेव, एक्सन निर्देशनमा अष्ट महर्जन लगायत अनुभवी प्राविधिकहरूको साथ रहेको छ ।May be an image of 2 people and text that says 'रोहित अधिकारी फिल्मस प्रा.लि. को सबिनय चौथो ਮੇट माझती घर निर्माता निर्दशक कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाइ मिलन तामाइ ईशचर श्रेष्ठ, बरज लुवाल TITLE SONG THIS THURSDAY दश શ०વશ फूलपाती प्रदर्शन मिति असोज १३ SEPT 29 SONG RELEASING ON OSRDigital Entertain heNation'

यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजमसंगीता थापा लगायतका चर्चित कलाकारको अभिनय रहेको छ ।‘माइतीघर’ को मूल कथा तामाङ समुदायको संस्कृतिमा आधारित छ । संस्कृतिको सुन्दर झल्को, सामाजिक कथा र समकालीन भावनात्मक प्रस्तुतीकरणसहित फिल्मलाई विशेष बनाइएको निर्माण पक्षले जनाएको छ ।निर्माता रोहित अधिकारीले फिल्मलाई दशैंको उपहारको रूपमा प्रस्तुत गरिएको बताउँदै भने, “दर्शकले यसलाई मन पराउनेमा हामी विश्वस्त छौँ । आगामी असोज १३ गते (दशैंको फूलपाती) बाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’लाई यस वर्षकै चर्चित र सफल फिल्मका रूपमा हेर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया