लोकप्रिय गायक नरेश खाती र रचना रिमालको आवाजमा सजिएको नयाँ गीत ‘पैसा फल्ने बुटो’ हालै सार्वजनिक भएसँगै श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। गीतले अहिलेको यथार्थ जीवनसँग जोडिएको विषय–पैसाको महत्वलाई मार्मिक शैलीमा प्रस्तुत गरेको छ।गीतको शब्द तथा संगीत नरेश खातीले दिएका छन् भने एरेञ्ज सुनिल परियारले गरेका हुन्। गीतमा पैसा नभए जीवन कति कठिन बन्छ, गास–बास–कपासका लागि पनि पैसाको आवश्यकता कस्तो हुन्छ भन्ने यथार्थलाई कथानक शैलीमा प्रस्तुत गरिएको छ। गीतले पैसाको कारणले मान्छेको जीवनमा आउने तनाव, चिन्ता र सम्बन्धमा देखिने दूरीलाई समेत प्रस्ट्याएको छ।Paisa Falne Buto - Naresh Khati & Rachana Rimal Ft. Ujjwal, Sanjana & Rachana | New Nepali Song 2082

गीतको भिडियोलाई निर्देशक जेरी भण्डारीले निर्देशन गरेका छन्। करन चैसिरको छायांकन, विकास धमलाको सम्पादन र रङ संयोजनमा तयार भएको भिडियोमा नरेश खाती, उज्ज्वल गिरि, सञ्जना गुरुङ, रचना न्यौपानेसँगै बाल कलाकार आरुषि कार्की, युनिश घिमिरे र सुझल रसाइलीको प्रभावशाली अभिनय देख्न सकिन्छ।यो गीतले पैसाको महत्त्वलाई मात्र होइन, पैसाविना आफन्त पनि टाढा हुने सामाजिक सन्देश दिन खोजेको छ। श्रोताहरूले गीतलाई आफ्नै जीवनसँग जोडेर आत्मसात् गरिरहेका छन्, जसका कारण ‘पैसा फल्ने बुटो’ छोटो समयमा नै चर्चाको शिखर चढ्दै गएको छ। सत्यलाई उजागर गर्ने सशक्त शब्द, मिठो धुन र जीवन्त अभिनयसहित प्रस्तुत यो गीतले निकट भविष्यमै अझ ठूलो लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया