नेपाली समाज, संस्कृति र परम्पराको जगेर्ना गर्दै घ्याम्पेसाल टोल विकास संस्था यस वर्ष पनि भव्य तीज विशेष कार्यक्रम २०८२ आयोजना गर्न लागिएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान – संस्कृतिको जगेर्ना हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रम हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यहि भदौ १० गते, घ्याम्पेसाल बजारमा बिहान ११ बजेबाट सुरु हुने छ।यस विशेष अवसरमा चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। लोकगीतकी लोकप्रिय गायिका सुमन थापा मगर, प्रतिभाशाली गायक सुमन परियार र चर्चित गायक सानु काजी बनियाले आफ्ना मधुर गीत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। साथै, स्थानीय कलाकारहरूले पनि आफ्नो कला, प्रतिभा र प्रस्तुतिहरू मार्फत कार्यक्रमलाई झन् रोचक बनाउनेछन्।

कार्यक्रममा मनोरञ्जनसँगै ज्ञान, प्रतिस्पर्धा र संस्कृतिको संरक्षणलाई जोड दिइनेछ। यस अन्तर्गत गाउँपालिका स्तरिय अन्तर-मावि वाद-विवाद (बक्तृत्व) प्रतियोगिता, परम्परागत लाखे तथा टक्टुके नाच, रमाइलो घ्याम्प फुटाउने खेल, साथै नवदुर्गा महिला विकास समाज, देबिस्थानको विशेष पञ्चे बाजा प्रस्तुति समेत रहनेछ।

आयोजक टिमका अनुसार, तीज केवल मनोरञ्जनको पर्व मात्र नभई नेपाली नारीहरूको आत्मीयता, माया, एकता र संस्कृतिको प्रतीक हो। यसैलाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रममा सहभागी हुँदै, सबैलाई आफ्नो संस्कृति, परम्परा र मौलिकतालाई जगेर्ना गर्ने अवसर मिल्नेछ।

कार्यक्रम विवरण :
📅 मिति : २०८२ भदौ १० गते
📍 स्थान : घ्याम्पेसाल बजार
⏰ समय : बिहान ११ बजे देखि

मिडिया पार्टनरको रूपमा नमस्ते अनलाइन टिभी रहनेछ भने, आयोजकले सम्पूर्ण दिदीबहिनी, दाजुभाइ र सम्पूर्ण शुभेच्छुकलाई कार्यक्रमलाई भव्य सफल पार्न उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।

तपाईको प्रतिक्रिया