हालका दिनमा तामाङ गीत–संगीतले नेपाली श्रोता–दर्शकमाझ विशेष स्थान बनाइरहेको छ। तामाङ भाषा नबुझ्नेहरूले समेत तामाङ गीतलाई रुचाउन थालेका छन्। यसैबीच लोकप्रिय सुन्दरी मोडल सुनीता वाइबादुर ब्रभ घुरुङ अभिनीत नयाँ तामाङ गीत ‘भुप्पु माया’ सार्वजनिक भएको छ।भिडियोमा प्रेममा रहेका जोडीबीचको बिछोड र भूपू मायाले अन्ततः अर्को ठाउँमा विवाह गर्ने कथावस्तु प्रस्तुत गरिएको छ। गीतले भावनात्मक सन्देश दिन खोजेको स्पष्ट देखिन्छ।May be an image of 6 people, people smiling and text that says 'CAST DUR BRAVE GURUNG CAST SUNITA WAIBA ANISHA TAMANG & RANJIT WAIBA PRESENT'S भुपु माया DIRECTED BY SANJEEBTHOKAR SANJEEB THOKAR LYRICS/MUSIC STUDIO FYAFULLA CAST SUNITA EDIT/COLOR/ VOCAL RANIIT RANIITWAIBA WAIBA ANISHA TAMANG LAMA THEENG MIXIN SANU BABU GHISING DURGA SHRESTHA ARTIST VISION LAMA GURUNG MARNEN WAIBA MANANGTHEN TAMANG SAGAR MOKTAN ANIL BISTA PYUTHANI SANIEEBTHOKAR YOUTUB OUTUBEPOS EPOST FYAFULLA NEPAL SANIEEB THOKAR SPECIAL THANKS THANKSLOTUS CLUB MANKUMARI WAIBA NURBU TAMANG BHUMIKA WAIBA EDIT RAPTI DIGITAL| MUSICPVT.LTD 9851075838 COMING SOON #MUSICVIDEO #MUSIC VIDEO 4K'

सुनीता वाइबा तामाङ भाषाका चलचित्र र गीत–संगीत भिडियोहरूमा मात्र होइन, नेपाली गीतहरूमा समेत आफ्नो दमदार अभिनयका लागि परिचित नाम हुन्। उनले नेपाल तथा विदेशमा हुने विभिन्न सांगीतिक स्टेज कार्यक्रमहरूमा नृत्यकला प्रस्तुत गर्दै दर्शकको मन जितेकी छन्। सुनीताको सुन्दरता जति मोहक छ, त्यति नै प्रभावशाली उनको अभिनय र नृत्यकला पनि छ। आफुभन्दा साना र ठूला सबैलाई सम्मान गर्ने, कामलाई पूजा मान्ने र इमान्दारीलाई प्राथमिकता दिने उनी एक प्रतिभाशाली कलाकारका रूपमा परिचित छिन्।‘भुप्पु माया’मा स्वर रञ्जित वाइबाअनिशा तामाङको रहेको छ भने, शब्द/संगीत राजु लामा थिङले सिर्जना गरेका हुन्। एरेञ्ज, मिक्सिङ र मास्टरिङ सनोबाबु घिसिङले गरेका छन्। भिडियोमा दुर ब्रभ घुरुङसुनीता वाइबाको अभिनय रहेको छ। सम्पादन तथा रंग सजावट अनिल बिष्ट प्युठानेले, छायांकन दुर्गा श्रेष्ठले र कोरियोग्राफी तथा निर्देशन सञ्जीव ठोकरले गरेका छन्।

तपाईको प्रतिक्रिया