अमेरिका स्थित नेपाली समुदायका लागि आगामी शनिबार, अगस्ट १६ का दिन विशेष अवसरको रूपमा रहन गएको छ। क्यापिटल थियटरमा चर्चित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ पुनः प्रदर्शन हुने भएको हो। फिल्मको सुरुवात बेलुकी ठिक ४ बजे तय गरिएको छ भने दर्शक र आगन्तुक पाहुनालाई ३:१५ बजेदेखि उपस्थित हुन आयोजकले अनुरोध गरेका छन्।निर्धारित समयअघि उपस्थित हुने दर्शकहरूलाई चलचित्रका मुख्य कलाकार र निर्माण टिमसँग भेटघाट, शुभकामना आदान–प्रदान तथा चियापान ग्रहर्ण गर्ने अवसर मिल्नेछ। कार्यक्रममा नायिका आयुषा समाल, निर्देशक मित्र प्रधान, नारायण प्रधान लगायत अन्य कलाकारहरूको उपस्थिति रहनेछ । दर्शकहरूले स्वादिष्ट नेपाली परिकारहरूको मज्जा लिँदै ४ बजे फिल्म अवलोकन गर्नेछन्।यसअघि अमेरिकामा दुई पटक सफलतापूर्वक प्रदर्शन भइसकेको ‘यो मन त मेरो नेपाली हो’ लगातारको मागका कारण अब तेस्रो पटक प्रदर्शनमा आउन लागेको हो।

Yo Man Ta Mero Nepali Ho (2025) - IMDbअमेरिका बाहेक जापान, हङकङ, कोरिया लगायतका मुलुकमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ। निर्माण टिमका अनुसार विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूले यस चलचित्रप्रतिको चासो र माग उच्च भएको कारण यो फिल्मलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना समेत बनिसकेको छ र अन्य देशहरुमा पनि यो चलचित्र प्रदशन गर्न आग्रह गरेको समचार खुल्नमा आएको छ निर्देशक मित्र प्रधानका अनुसार, *‘यो मन त मेरो नेपाली हो’*को लोकप्रियताको मुख्य कारण यसको नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनमा दिएको योगदान हो। विशेषगरी विदेशमा रहेका युवापुस्ताले आफ्नो पहिचान र संस्कृतिप्रतिको गर्वका साथ यसलाई “हेर्नै पर्ने नेपाली चलचित्र”को सूचीमा राखेका छन्।मनोरञ्जनसँगै यस फिल्मले आफ्नो जन्मभूमिप्रतिको माया, भाषा र संस्कृतिप्रतिको गर्व, र विदेशमा बस्ने नेपाली मनको गहिरो भावनालाई पर्दामा उतार्ने सफल प्रयास गरेको छ। विदेशको भूमिमा नेपाली पहिचान र आत्मसम्मानलाई जीवित राख्ने यस खालको सिर्जनात्मक प्रस्तुति दर्शकको मनमस्तिष्कमा दीर्घकालीन छाप छाडेको देखिन्छ।फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित यस फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् भने कथा र निर्देशन **मित्र प्रधान (नर)**ले गरेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन् |

तपाईको प्रतिक्रिया