३१ औँ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंको भृकुटी मण्डपदेखि सुरु भई राजधानीका विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको भव्य र्यालीमा चलचित्र ‘रिमै’ को टिम पनि सक्रिय सहभागिता जनाएको छ। आदिवासी जनजातिहरूको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित यस दिवसमा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो।रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा ‘रिमै’ फिल्म टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो। कलाकार, निर्माता, निर्देशकलगायत फिल्मसँग सम्बन्धित सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सडकमा उत्रिएका थिए। उनीहरूले हातमा ब्यानर, प्लेकार्ड र चलचित्रको नाम अंकित पोस्टर बोकेका थिए भने, परम्परागत वाद्ययन्त्रको धुनमा नाचगान गर्दै सहभागीलाई उत्साहित पारेका थिए।May be an image of 7 people and text

चलचित्र ‘रिमै’ को टिमका सदस्यहरूले आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताएका थिए। टिमका प्रतिनिधिहरूले चलचित्रमार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।यस वर्षको विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा चलचित्रकर्मीहरू पनि सामाजिक तथा सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको छ। साथै, र्यालीमा सहभागी दर्शक तथा समर्थकले ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिलाई प्रशंसा गर्दै चलचित्र हेर्ने उत्सुकता व्यक्त गरेका थिए।May be an image of 7 people and text

ग्रामीण जीवनको सौन्दर्य र मनोविज्ञानलाई समेट्ने नेपाली चलचित्र ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ। खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यस चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय देख्न पाइनेछ। कथामा गाउँकी गुरुङ युवती धनरुपासँग विवाह गरेर विदेशिएको लाहुरे गाउँ फर्किने प्रसंग समेटिएको छ, जसमा दयाहाङ राईले लाहुरेको भूमिका निर्वाह गरेका छन्।माथिल्लो गोरखामा छायांकन गरिएको ‘रिमै’ ले प्राकृतिक सौन्दर्य, संस्कार र ग्रामीण परिवेशलाई पर्दामा उतार्ने प्रयास गरेको छ। ‘कबड्डी’ श्रृंखलामा दर्शकमाझ रुचाइएको दयाहाङ र रिश्माको जोडी यस चलचित्रमा पनि पुनः देखिनेछ। फिल्म गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो |

तपाईको प्रतिक्रिया