नेपाली लोकसंगीतको उज्यालो अनुहार बन्न सफल लोकप्रिय गायिका अमृता लुंगेली मगर फेरि पनि आफ्ना दर्शक–स्रोतालाई तीजको विशेष अवसरमा नयाँ सांगीतिक उपहार लिएर आएकी छिन्। ‘आँखा मार्यो’ शीर्षकको यो गीत अहिले सामाजिक सञ्जालदेखि टिकटक र युट्युबसम्म अत्यधिक रुचाइएको छ, जुन गीतले उहाँको संगीत प्रतिको समर्पण र भावनात्मक लगावलाई पुनः पुष्टि गरेको छ।अमेरिकामा परिवारसहित बसोबास गरिरहे पनि अमृता लुंगेली मगरको मन र माया भने अझै आफ्नै माटोमा, आफ्नै गीत–संगीतमा छ। आफू जति टाढा भए पनि नेपाली कला, साहित्य, र संगीतप्रति अमिट प्रेम राख्ने गायिका अमृताले भनिन् |

Aankha Maryo - Amrita Lungeli Magar | Shankar BC | Smarika Dhakal | Saroj Birahi Karki | Teej Song

गीतमा गायिका अमृताको मिठो स्वरसरोज बिराही कार्कीको मन छुने शब्द र संगीत, र शंकर बीसीको निर्देशन क्षमता एकसाथ मिसिएर गीतलाई साँच्चिकै विशेष बनाएको छ। शंकर बीसीस्मारिका ढकाल लगायत कलाकारहरूको दमदार अभिनयले भिडियोमा थप रौनक ल्याएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यो गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। टिकटकमा ‘आँखा मार्यो’ गीतमा बनाइएका रिल्स र डान्स भिडियोलाई हजारौं प्रयोगकर्ताले शेयर गरिरहेका छन्। नेपाली समुदाय मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि यस गीतमा उत्तिकै रुचि देखाइरहेका छन्।

भिडियो निर्देशन: शंकर बीसी,छायांकन: दुर्गा पौडेल,सम्पादन: नविन घर्ती मगरको रहेको छ भने  अमृता लुंगेली मगर अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरेका हुन् | गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यो गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। टिकटकमा ‘आँखा मार्यो’ गीतमा बनाइएका रिल्स र डान्स भिडियोलाई हजारौं प्रयोगकर्ताले शेयर गरिरहेका छन्। नेपाली समुदाय मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि यस गीतमा उत्तिकै रुचि देखाइरहेका छन्।गायिका अमृता लुंगेली मगर केवल गायिका मात्र होइन, नेपाली संस्कृतिको प्रबर्धक पनि हुन्। आफ्नो संगीत यात्रालाई देश–विदेशबाट अघि बढाउँदै, उहाँले नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएकी छिन्। ‘आँखा मार्यो’ गीतले उहाँको सिर्जनशीलताको अर्को उदाहरण प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया