चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विजय जैरु भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।प्रतिनिधिसभा निर्वाचनअघि पार्टीले सञ्चालन गरेको प्राइमरी निर्वाचनमा उत्कृष्ट मत प्राप्त गरेका जैरु अन्तिम उम्मेदवारको सूचीमा भने अटाउन सकेका थिएनन्। त्यतिबेला उनको लोकप्रियता, सक्रियता र योगदानका बाबजुद टिकट नपाएको विषयले पार्टीभित्र र बाहिर व्यापक चर्चा पाएको थियो।महाधिवेशनमा भने प्रतिनिधिहरूले जैरुप्रति बलियो विश्वास व्यक्त गर्दै उल्लेखनीय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित गरेका छन्। उनको विजयलाई पार्टी संगठन निर्माणमा गरेको योगदान, निरन्तर सक्रियता र कार्यकर्तामाझ रहेको लोकप्रियताको सम्मानका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूले यस नतिजालाई जैरुको प्रभाव र स्वीकार्यता अझ मजबुत रहेको संकेतका रूपमा व्याख्या गरेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनी अब रास्वपाको नीति निर्माण, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।प्राइमरीबाट सुरु भएको उनको राजनीतिक यात्रा केन्द्रीय नेतृत्वसम्म पुग्नुले पार्टीभित्र मेहनत, निरन्तरता र कार्यकर्ताको विश्वास अन्ततः मूल्याङ्कन हुने सन्देश दिएको टिप्पणी पनि गरिएको छ।

तपाईको प्रतिक्रिया