नेपाली सांगीतिक बजारमा भगवान् शिवको भक्तिले भरिएको नयाँ भजन गीत ‘रक्षा गर पशुपति’ सार्वजनिक भएको छ।गम्भीर भाव र आध्यात्मिक चेतना बोकेको यस भजनमा गायक नेत्र जी पन्त र गायिका सुमित्रा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ। भजनमा भगवान् पशुपतिनाथको महिमा गाउँदै विश्व कल्याण र भक्तजनको रक्षाका लागि प्रार्थना गरिएको छ।
सार्वजनिक भजनको शब्द रचना तथा संगीत सिर्जना स्वयं नेत्र जी पन्तले गरेका हुन्। संगीत संयोजन (Arrange) तथा मिक्सिङ/मास्टरिङको जिम्मेवारी हेम डाँगीले सम्हालेका छन् भने महाक स्टुडियोमा यामन खनालले गीतको रेकर्डिङ गरेका हुन्।भजनको भिडियोतर्फ रामु आचार्यको सम्पादन तथा निर्देशन रहेको छ। भिडियोलाई कृष्ण प्रसाद देवकोटा र पूजन लामिछानेले छायाङ्कन गरेका हुन्। भिडियोमा नेत्र जी पन्त र लक्ष्मी घिमिरेको जीवन्त अभिनय एवं भक्तिभावयुक्त प्रस्तुति देख्न सकिन्छ।




















