लोकप्रिय गायिका रेजिना परियारको नयाँ लोकपार्टी शैलीको गीत ‘राता मकै’ सार्वजनिक भएको छ। आफ्नो मौलिक शैलीमा आवाज दिने गायिका परियार यसपटक गीतको शब्द, स्वर र निर्माणमा समेत सक्रिय भूमिकामा देखिएकी छिन्।रेजिनाकै शब्द र स्वरमा सजिएको यस गीतमा सुमन परियारको संगीत रहेको छ भने HBN किस्मतले आकर्षक एरेञ्जमार्फत गीतलाई लयबद्ध बनाएका छन्। गीतको मिक्सिङ र मास्टरिङ HBN किस्मतकै हो भने रेकर्डिस्टमा राज खड्का छन्। गीतको अडियो/भिडियो निर्माण पनि रेजिना परियारकै ब्यानरमा गरिएको छ, जुन उनको बहुपक्षीय प्रतिभाको प्रमाण हो।
गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन्। भिडियोमा सुमन परियार र सञ्जना गुरुङको रोचक अभिनय देख्न सकिन्छ। प्रकाश खड्काको सिनेमाटोग्राफी, मिलन विश्वकर्माको ग्राफिक्स र भिडियो इडिटिङले भिडियो पक्षलाई झनै आकर्षक बनाएको छ।गीतले ग्रामीण परिवेश, मौलिक भाषा र सांगीतिक भावनालाई समेट्दै दर्शक–स्रोतामाझ एउटा फरक स्वाद दिएको छ। विशेषगरी पार्टी माहोल, तीज, देउसी–भैलो लगायतका अवसरमा गुनगुनाउने खालको यो गीत नेपाली लोकसंगीतको क्षेत्रलाई अझ समृद्ध बनाउने सम्भावना बोकेको छ।

“राता मकै” अहिले युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमा नै दर्शक–स्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।






















