नेपाली संगीत बजार तीजको रौनकसँगै पुनः एक पटक संगितमय बन्दै गएको छ। खासगरी लोक तथा दोहोरी गीतले चौतर्फी लोकप्रियता पाइरहेका बेला, गायक पुष्कल शर्मा आफ्नो नयाँ तीज गीत ‘श्रीमान’ लिएर श्रोतामाझ आएका छन्। गीतले पारिवारिक भावनात्मक सम्बन्ध, नेपाली नारीको वेदना, मौलिक तीज पर्वको मर्म र संस्कृतिक सन्देशलाई समेटेको छ।

Shreeman Superhit Teej Song 2082 || 2025 By Puskal Sharma - Purnakala Bc Ft. Arjun - Bikram - Sarika

प्रसिद्ध दोहोरी गायक पुष्कल शर्माको स्वरमा सजिएको यो गीतमा पुर्णकला बिसि को पनि सशक्त आवाज सुन्न पाइन्छ। गीतका शब्द र संगीत स्वयम् पुष्कल शर्माकै सिर्जना हुन्। गीतको मुख्य भाव महिला पीडा, पारिवारिक भावनात्मक सम्बन्ध, र सामाजिक विकृतिको विरुद्ध खरो प्रस्तुति हो।शर्माको गीत सधैं जस्तो यो पटक पनि केवल मनोरञ्जनमा सीमित छैन — गीतले गहिरो सामाजिक सन्देश बोकेको छ। पछिल्ला वर्षहरूमा तीज गीतहरूमा देखिएको अश्लीलता, प्रदर्शनमुखी शैली र सांस्कृतिक विकृतिप्रति पनि गीतले प्रश्न उठाएको छ।गीतको भिडियोमा पुष्कल शर्मा, सवि शर्मा, अर्जुन सापकोटा, सारिका केसी र विक्रम बुढाथोकी को सशक्त अभिनय देख्न सकिन्छ। दृश्यहरूमार्फत गीतले पात्रहरूको पीडा, पीर र भावनालाई अत्यन्त मार्मिक ढंगले उतार्ने प्रयास गरेको छ।

पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक - Nidan Media

भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने क्यामेरामा नवराज उप्रेतिको कलात्मक दृष्टिकोणले दृश्यलाई अझ जीवन्त बनाएको छ। सम्पादन दीपक बिष्टको कुशल हातबाट गरिएको छ, जसले सम्पूर्ण भिडियो भावनात्मक रूपमा थप बलियो बनाएको छ।पुष्कल शर्मा नेपाली लोक दोहोरी क्षेत्रका अनुभवी, चर्चित तथा लोकप्रिय गायक हुन्। दुई दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका शर्माले थुप्रै हिट गीतहरू गाइसकेका छन्। “म जिउन सक्दिन मुटु जलाई जलाई” जस्ता गीतहरूबाट सुरुवात गर्दै उनले सांगीतिक यात्रालाई फराकिलो बनाउँदै लगेका छन्।शर्मा स्वयं गीत लेख्ने, संगीत दिने, गाउने, भिडियो निर्देशन गर्ने अनि अभिनय गर्ने बहुमुखी प्रतिभाका धनी कलाकार हुन्। उनी व्यावसायिक भन्दा पनि गुणात्मक सिर्जनामा केन्द्रित कलाकारको रुपमा परिचित छन्।शर्माले ‘श्रीमान’ गीतमार्फत आधुनिक प्रवृत्तिमा हराउँदै गएको तीजको मौलिकता, संस्कार र परम्परालाई उजागर गरेका छन्। गीतमा नेपाली महिलाको जीवन, उनका संघर्ष, पारिवारिक संवेदना र श्रीमानप्रतिको भावना कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।

Shreeman Superhit Teej Song 2082 || 2025 By Puskal Sharma - Purnakala Bc Ft. Arjun - Bikram - Sarika

गीत सामाजिक सन्देश बोकेर आएको हुँदा यसलाई केवल तीजको गित मात्र नभई नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान दिने एउटा सशक्त प्रयासको रूपमा लिन सकिन्छ। श्रीमान’ गीत केवल शब्द र संगीतको संगालो नभई एक भावनात्मक अभिव्यक्ति हो, जसले नेपाली महिलाको मनको आवाजलाई सार्वजनिक गरेको छ। पुष्कल शर्माको प्रस्तुतिको गहिराइ, मौलिकता र सामाजिक चेतनाले यो गीतलाई तीज सन्दर्भमा विशेष बनाएको छ।यो गीत श्रोताले सुन्दा केवल रमाइलो मात्र होइन, अन्तर्मनसम्म पुग्ने भावनाको झलक पाउँछन्। यो तीजमा ‘श्रीमान’ गीतले नेपाली संगीतप्रेमीहरूको मन जित्नेमा कुनै दुई मत छैन।

तपाईको प्रतिक्रिया