असार २७ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’अब बिदेशका बिभिन्न शहरमा प्रदर्शन गर्ने निर्माण टिमले बताएको छ । अमेरीकाका बिभिन्न शहरमा हो भैसकेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’यतिबेला उपत्यका र उपत्यका बाहिरका बिभिन्न हलहरुमा तेश्रो सातामा प्रदर्शन भैरहेको छ ।
चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने चलचित्र बनेको प्रतिक्रिया फिल्मले पाइरहेको छ ।चलचित्र 'यो मन त मेरो नेपाली हो' को शीर्ष गीत सार्वजनिक - कोले न्युज

चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छन्। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान ९नर० को कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया