नेपाली संगीत बजारमा पनि तीज गीतहरूको बहार देखिएको छ। यस्तै क्रममा हालै सार्वजनिक गरिएको गीत ‘निलो आकशैमा बादलु’ ले सामाजिक सन्देश र यथार्थलाई आकर्षक तरिकाले प्रस्तुत गरी चर्चा बटुलिरहेको छ। यो गीतले विशेष गरी ग्रामीण तथा शहरी परिवेशमा तीज पर्व कसरी फरक ढंगले मनाइन्छ भन्ने विषयमा केन्द्रित भएर कथा बुनेको छ। गाउँघरका महिलाहरू अझै पनि परम्परागत रीतिथितिमा आधारित रहेर तीज मनाउने गर्दा, शहरमा बसोबास गर्ने महिलाहरू आधुनिकता र स्वतन्त्रतासँगै यो पर्वलाई फरक शैलीमा मनाइरहेका छन्। यही भिन्नता र बदलिँदो जीवनशैलीलाई गीतले कलात्मक रूपमा उजागर गरेको छ।

Nilo Aakashaima Badalu - Sanju Neupane | Puskal Sharma | Lomash Sharma | Asha | Santosh | New Song

यही क्रममा गायिका सञ्जु न्यौपाने र गायक पुस्कल शर्माको स्वरमा तीज गीत ‘निलो आकशैमा बादलु’ सार्वजनिक भएको छ ।गीतमा रमेश परियारको शब्द र संगीत छ । भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डेलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।चक्रबहादुर बरालले खिचेको भिडियोको सम्पादन तथा कलरिङ विष्णु खड्को छ । मेकअप कविता तोलांगीको छ भने निर्देशन निरेन श्रेष्ठले गर्नुभएको हो । गीतको भिडियो सञ्जु न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया