आवानेपाली महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा, गीत–संगीतको माहोल पनि तात्न थालेको छ। यसै सन्दर्भमा चर्चित गायक तथा संगीतकार समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानकोजमा सजिएको नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ सार्वजनिक भएको छ । यो गीतले परम्परागत तीजका धार्मिक र सांस्कृतिक भावनालाई आधुनिक सांगीतिक प्रस्तुतिमा उतार्ने प्रयास गरेको छ। समीर आचार्यले शब्द, संगीत र स्वर तीनै पक्षमा आफ्नो योगदान दिँदा एलीना चौहानले आफ्नो मीठो स्वरले गीतलाई थप भावपूर्ण बनाएकी छिन्। गीतको संगीत संयोजन र मिक्सिङ हेमन्त शिशिरले गरेका हुन् भने रेकर्डिङ तरङ्ग स्टुडियोमा गरिएको हो। पौराणिक मन्त्र ‘ओम् नमः शिवाय’को प्रयोगले गीतलाई आध्यात्मिक बनाएको छ, जुन आजका युवापुस्ताले पनि रुचाउने शैलीमा पस्किएको छ।भिडियोमा मोडल बिमल अधिकारी र मोडेल नीरा तामाङको आकर्षक अभिनय देख्न सकिन्छ।मोडल नीरा तामाङ भन्ने बितिकै एक प्रतिभाशाली कलाकार हुन्

देश तथा विदेश हुदै बिसेष गरि दुबई हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमामोडल नीरा तामाङको स्टेजमा निकै माग हुने गरेको भने मोडल बिमल अधिकारी र मोडल नीरा तामाङको जोडीको कामको यो गीतमा निकै तारिफ भएको गरेको । उनीहरूले तीजको उमङ्ग, नृत्य, र सांस्कृतिक प्रस्तुति अत्यन्त आकर्षक ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा नितिन वैवाको कोरियोग्राफी, निरन श्रेष्ठको निर्देशन, र चक्र बि. बरालको छायांकनले भिडियो पक्षलाई अत्यन्त सशक्त बनाएका छन्। भिडियो सम्पादन तथा रङ संयोजन बिष्णु खड्काले गरेका छन् भने पोस्ट प्रोडक्सन रोयल मुभिज प्रा.लि. र सफल मोसन पिक्चर्सले संयोजन गरेका हुन्। ‘ओम् नमः शिवाय’ गीतले परम्परागत तीज गीतहरू भन्दा केही फरक र नयाँ स्वाद दिएको छ। यसमा धार्मिक भावना, संस्कार, र आधुनिकता एकसाथ पस्किएको छ।
खासगरी शिव–पार्वतीको प्रेमभावनालाई गीतको भाव र शब्दमा समेटिएको छ, जसले सबै उमेर समूहका दर्शक–श्रोताको मन जित्ने सम्भावना राख्छ। सांगीतिक तथा दृश्यात्मक रूपमा उत्कृष्ट प्रस्तुत गरिएको ‘ओम् नमः शिवाय’ ले तीज २०८२ को माहोलमा नयाँ उत्साह थप्ने निश्चित छ। समीर आचार्य र एलीना चौहानको स्वर, आकर्षक भिडियो प्रस्तुति र राम्रो निर्देशनका कारण यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने सम्भावना अत्यधिक छ। यो गीतले नेपाली सांगीतिक क्षेत्रको गुणस्तर अझै उचो बनाउने विश्वास रहेको छ । गीतमा शब्द सङ्गीत : समीर आचार्यको रहेको छ ।






















