नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘ल्हास्सो आङ्गी फ्या फुल्ला’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकर्मी सरोज लामा र गायिका एलिशा राईको आवाज रहेको छ। गीतको रेकर्डिङ, एरेञ्जमेन्ट, मिक्सिङ र मास्टरिङ सबै काम सरोज लामाको आफ्नै Cmstudio मा गरिएको हो। यस गीतमा सरोज लामा र एलिशा राईको स्वरले तामाङ सांगीतिक भावनालाई जीवन्त पारेको छ।Lhasso Aangi Phya Phulla Selo Song | & Saroj Lama | Alisha Rai | New Song 2025

गीतको भिडियो पक्षलाई समेत उत्तिकै आकर्षक बनाइएको छ। भिडियो निर्देशन र कोरियोग्राफी सरोज लामाले गरेका हुन्। भिडियोमा जीवन बाबु श्रेष्ठले सहयोग गरेका छन् भने छायांकन (DOP) को जिम्मा विशाल थापाले लिएका छन्। श्रृंगार (मेकअप) भवानी राईले गरेकी हुन्।

भिडियोमा मुख्य कलाकारका रूपमा सरोज लामा र एलिशा राई आफैं प्रस्तुत छन्। भिडियो सम्पादन तथा रङ संयोजन रोशन धितालले गरेका हुन्। गीत र भिडियोको समग्र निर्माणले सांगीतिक सौन्दर्य र मौलिकतालाई उजागर गरेको छ।

श्रोताहरुले गीतको शब्द, संगीत र दृश्य संयोजनलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। तामाङ भाषाको मौलिक स्वाद बोकेको यस गीतले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै स्थान बनाउने विश्वास गरिएको छ।भिडियोसहित सार्वजनिक गरिएको यस गीतमा सरोज लामा र एलिशा राईको दमदार प्रस्तुति देख्न सकिन्छजसले गीतलाई अझ आकर्षक र मनोरञ्जनपूर्ण बनाएको छ।नयाँपन र सांगीतिक शुद्धताको संयोजन रहेको ‘ल्हास्सो आङ्गी फ्या फुल्ला’ गीत दर्शक र श्रोताले मन पराउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया