लोकप्रिय गायक तथा संगीतकार अनिल लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत ‘सैलुङ्गे मेला २’ सार्वजनिक गरिएको छ। यो गीतमा आवाज दिएका छन् नेपाली सांगीतिक क्षेत्रका बहुचर्चित गायक राजु लामा, जसको स्वरले गीतलाई झनै भावनात्मक र मनछुने बनाएको छ। यस गीतको भिडियोमा स्वयं गायक राजु लामा र चर्चित नायिका तथा मोडल अलिशा राई को अभिनय देख्न सकिन्छ ।Sailunge Mela - 2「Official MV」Ft. Raju Lama | Alisha Rai | Kuisaing Rumba • Anil Lama
‘सैलुङ्गे मेला २’ ले दर्शकलाई सैलुङ्गे मेलाको सांस्कृतिक पृष्ठभूमिमा प्रेमकथा सुनाउँछ। मेलामा भेटिएका दुई पात्र—राजु र अलिशा—बीचको आत्मीय सम्बन्ध, रमाइलो झल्को र बिछोडको पीडालाई मार्मिक रूपमा उतारिएको छ। गीतको लयमा पहाडी लोक संगीतको मिठास मिसिएको छ, जसले पुराना दिनहरूको सम्झना दिलाउँछ। गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालहरूमा दर्शकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। विशेषगरी गायक राजु लामाको भावपूर्ण गायन र अलिशा राईको मोहक अभिनयले दर्शकको मन जितेको देखिन्छ। केही घण्टामै युट्युबमा हजारौं भ्युज र कमेन्टहरू देखिन थालेका छन्, जसले गीतको लोकप्रियता पुष्टि गर्छ ।
‘सैलुङ्गे मेला २’ केवल एक गीत मात्र होइन, यो नेपाली पहाडको सांस्कृतिक मुटुबाट निस्किएको भावना हो। पारम्परिक मेलाको सन्दर्भमा आधारित यो गीतले नेपाली गीत–संगीतको मौलिकता जोगाउँदै आधुनिक स्वाद थपेको छ। यो गीतले निश्चय नै आगामी दिनहरूमा थप चर्चा पाउने छ भन्ने विश्वास गर्न सकिन्छ ।Sailunge Mela -2 _New Song_Raju Lama • Ft. Alisha Rai • Raju Lama

नेपाली लोकसंगीतको क्षेत्रलाई निरन्तर योगदान दिइरहेका रचनाकार तथा संगीतकार अनिल्लामाले ‘सैलुङ्गे मेला १’ को अपार सफलता पश्चात् यसको दोस्रो संस्करण ‘सैलुङ्गे मेला २’ सार्वजनिक गरेका छन्। दर्शक–श्रोता बीच अत्यन्त लोकप्रिय बनेको पहिलो श्रृंखलाले सांगीतिक बजारमा उत्साहजनक प्रतिक्रिया पाएको थियो, जसको फलस्वरूप श्रोताहरूको अपेक्षा र मायालाई ध्यानमा राख्दै यो नयाँ श्रृंखला ल्याइएको हो।
‘सैलुङ्गे मेला २’ ले पनि अघिल्लो संस्करणको झैँ मौलिक लोकधुन, सांस्कृतिक गन्ध र नेपाली गाउँले परिवेशको छटालाई समेट्ने प्रयास गरेको छ। यस गीतमा नेपाली समाजको विविध रंग, जातीय संस्कार, परम्परा, मेलापर्वको उल्लास र ग्रामीण सौन्दर्यको चित्रण गरिएको छ। अनिल्लामाको संगीत र शब्द सिर्जनाले फेरि एकपटक दर्शक–श्रोताको हृदय छुने विश्वास गरिएको छ। गीतको संगीत संयोजनदेखि शब्द चयनसम्ममा विशेष ध्यान दिइएको छ। गीतमा प्रयोग भएका पारम्परिक बाजा, लयात्मकता र सम्वेदनशील शब्दहरूले नेपाली जनजीवनको वास्तविकता उजागर गर्छन्। ‘सैलुङ्गे मेला २’ मा प्रयोग गरिएको भिडियो निर्देशन पनि अत्यन्त आकर्षक छ, जसले दृश्यमा कथावाचन र गीतको आत्मालाई जीवन्त बनाएको छ।Sailunge Mela - 2 Coming Soon….. अलि दिन पर्खिनु होला है हजुर !हालै सार्वजनिक गरिएको ‘सैलुङ्गे मेला २’ नयाँ गीतको संगीत संयोजन (एरेन्ज) चर्चित संगीतकार फणिन्द्र राईले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मित्र लामाको हातबाट सम्पन्न भएको हो। गीतमा जितु लोप्चनले ब्याकिङ भोकल दिएका छन् भने कोरस भोकलमा सुमिना लो, रेश्मा बम्जन र लक्ष्मी स्याङ्तानले आवाज दिएका छन्। सम्पूर्ण रेकर्डिङ कार्य सुरसंगम स्टुडियोमा सम्पन्न गरिएको हो।
भिडियोतर्फ, गीतको कथा अनिल लामाले लेखेका छन् भने भिडियोमा चर्चित कलाकार राजु लामा र अलिशाको अभिनय देख्न सकिन्छ। यस गीतले दर्शक र स्रोतामाझ नयाँ स्वाद ल्याउने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया