काठमाडौं – मनिष श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘घरको छेउमा तुलसी’ सार्वजनिक भएको छ। गीतमा गायक सुशील रुचाल र गायिका सिम्रन परियारको सुमधुर स्वर सुन्न सकिन्छ।उक्त गीतको म्युजिक भिडियोमा मनिष श्रेष्ठ, युसना के.सी. र मदन क्षेत्रीले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी स्वयं मनिष श्रेष्ठले गरेका हुन्। शब्द, संगीत र प्रस्तुतिले गीत निकै प्रभावशाली बनेको छ। पछिल्लो समय सार्वजनिक भएका गीतहरूको भिडमा ‘घरको छेउमा तुलसी’ छुट्टै पहिचान बनाउन सक्ने खालको सिर्जना हो। साङ्गीतिक भाव, दृश्य सौन्दर्य र कलात्मक प्रस्तुतिले गीतलाई अझ आकर्षक बनाएको छ।New Song - Gharko Cheuma Tulsi ֍ Sushil Ruchal& Simran pariyarl ֍ Ft.Manish shrestha ֍yusana kc 2025

कलाकार मनिष श्रेष्ठ नेपाली संगीत क्षेत्रमा एक प्रतिभाशाली र बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले कलाकारितामा मात्र होइन, उल्टो मोटरसाइकल चलाएर गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरिसकेका छन्। यता, गायक सुशील रुचाल बाल्यकालदेखिनै संगीतप्रति रुचि राख्दा पनि विभिन्न कारणले गर्दा नेपाली गीतसंगीतको मूल धारमा ढिलो प्रवेश गरेका हुन्। तर, अहिले यस गीतमार्फत उनले आफ्नो प्रतिभा दर्शाउने अवसर पाएका छन्। मिठो स्वर भए पनि नेपाली गीत संगीत छेत्रमा ढिला प्रबेश भएको बताउदै नेपाली गीत संगीत क्षेत्रमा एक मिठो आवाज भएको गायक प्रबेश भएको महासुह सबैले गर्न सकिन्छ | भर्खरै मात्र ‘मनिष श्रेष्ठ’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले दर्शक र श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। गीतको भिजुअल प्रस्तुति, कोरियोग्राफी र संगीतले यसलाई सफल बनाउनेमा दुई मत छैन। ‘घरको छेउमा तुलसी’ नेपाली मौलिकता बोकेको, आत्मीयता भरिएको र दर्शनीय गीत हो, जुन नेपाली संगीतप्रेमीका लागि एक सशक्त उपहार बन्नेमा विश्वास गर्न सकिन्छ।

गीतको सङ्गीत संयोजन (Music Production)मिक्सिङ / मास्टरिङ आकाश नेपालीले गरेका हुन् भने, रेकर्डिङ काठमाडौंको सारेगामा (SA RE GA MA) स्टुडियोमा गरिएको हो। गीतमा फ्लुट (बाँसुरी) को मोहक धुन **रत्न बी.के.**ले प्रस्तुत गरेका छन् भने, नेपालीपन झल्काउने मादलको ताल मदन रेज्मीले भर दिएका छन्।

तपाईको प्रतिक्रिया