बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’को छायांकन यतिबेला अन्तिम चरणमा छ । शुभसाइत पूजापछि छायांकन थालिएको यस फिल्मको सेटबाट अहिले मुख्य कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अभिनेता धीरज मगर मोटरसाइकल चलाउँदै छन् भने उनको अनुहारमा रिस र आक्रोशको भाव स्पष्ट देखिन्छ । मोटरसाइकलमा धिरजको पछाडि बसेका माग्ने बुढा भने अत्तालिएको अवस्थामा छन् ।

यसअघि माग्ने बुढाको विभिन्न २ ओटा लुक्स सार्वजनीक भएको थियो । जसका कारण कथा कस्तो होला भन्ने कौतुहलता थपिएको थियो भने हाल सार्वजनीक तस्विरले फिल्मको कथामा महत्वपूर्ण मोड ल्याउने अनुमान गरिएको छ ।यो फिल्ममा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।


मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।यता संगीततर्फ पनि कुनै कन्जुस्याइँ गरिएको छैन । बलिउडकी प्रख्यात गायिका संजीवनीले फिल्मको शीर्ष गीतमा आवाज दिएकी छिन् । यो गीत नेपाली फिल्मकै इतिहासमा सफल मानिएको पुरानो ‘माइतीघर’ फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण हो । सो गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । पारिवारिक सम्बन्ध र संवेदनाको कथावस्तुमा आधारित यो फिल्म आउँदो दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा छ ।May be an image of 2 people and text that says 'रोहित अधिकारी फिल्मस प्रा.लि.को सबिनय चौथो भेट माझतीघरर निर्देशक निदेशकमिलनतामाड मिलन तामाड JOF अहिले द्टरयाॉकन हुदे प्रद्शन मिती શ०વશ फूलपाती, दश निर्माता कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाऊ ईश्वर श्ेष्ठ, निरज कटुवाल कध्रा चन्द्कमार दोड सापपकिन सुशन प्रजापति पटकया पटकया/संवाद संवाद रामशरण पाठक मिदििया व्यवस्थापन विजय आवाज सुवेदी' मिटिया सत्ताहुकार बैकण्ठ पराजली पव्लिसिटी हिजाद्द्नर विजय बस्याल गीतकार किरण बरेत, कमार स्याइ्बा संम्कित चन्द्कमार द्ोड़ सहायक निर्देशक ससित बिष्ट पोस्टर रंगमनच'

तपाईको प्रतिक्रिया