तिहार पर्वको आगमनसँगै नेपाली सुगम सङ्गीतको आँगनमा मौलिकताको रक्षा एवं परम्परागत संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ देउसी भैलो गीत ‘मौलिक देउसी भैलो’ सार्वजनिक गरिएको छ। ‘अमृता लुङ्गेली मगर अफिसियल’ युट्युब च्यानलबाट यस गीतको अडियो र भिडियो संस्करण एकसाथ प्रकाशन गरिएको हो।यस देउसी भैलो गीतमा नेपाली लोकसङ्गीतका चर्चित गायकहरू राजु परियार, सरोज विरही कार्की, घमेश दुलाल, अमृता लुङ्गेली, सीता थापा र राधिका हमालको बेजोड स्वर सुन्न सकिन्छ। गीतको शब्द, सङ्गीत र एरेन्जको जिम्मेवारी चर्चित सङ्गीतकार सरोज विरही कार्कीले स्वयम् सम्हाल्नुभएको छ।

उत्कृष्ट अडियो र भिडियो निर्माण

गीतको अडियोतर्फ मिक्सिङ तथा मास्टरिङको काम मनोज परियारले गर्नुभएको छ भने रेकर्डिङको काम ‘स्टुडियो एचडी आफ्नो मन’ मा सम्पन्न गरिएको छ।

त्यस्तै, भिडियो निर्देशन खगेन्द्र गिरीले गर्नुभएको छ भने भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने र अमिस उपरकोटीको सुन्दर अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको सिनेमेटोग्राफीको दायित्व केशव विश्वकर्माले निर्वाह गर्नुभएको छ।चाडपर्वको बेला नेपाली संस्कृति, परम्परा र सामूहिक भावनालाई जगेर्ना गर्न यो गीतले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया