काठमाडौँ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ (PENSION PATTA) को नयाँ लोक लयमा आधारित गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ। एमजीएफ फिल्म्स (MGF Films) को प्रस्तुतिमा निर्माण भएको यो गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यानाकर्षण गराएको छ।शान्ति श्री परियार र सुरज तमुको मिठासपूर्ण स्वर रहेको यस गीतमा शब्द र सङ्गीत स्वयं सुरज तमुकै रहेको छ। मनोज थापा मगरको सङ्गीत संयोजन तथा मिक्सिङ/मास्टरिङ रहेको यस भिडियोमा कलाकार मनोज गुरुङ र अनुशा राईको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ। गीतको नृत्य निर्देशन कमल बहादुर गुरुङले गरेका हुन्।
भदौ २६ देखि देशभर प्रदर्शनमा आउँदै
सामाजिक तथा पारिवारिक कथावस्तुलाई मुख्य विषय बनाइएको यो चलचित्र आउँदो भदौ २६ (सेप्टेम्बर ११) देखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।चलचित्रमा नेपाली सिनेमा जगतका स्थापित तथा लोकप्रिय स्टार कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ। चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, लुनिभा तुलाधर, सुरज तमु र स्व. सुनिल थापालगायतका कलाकारहरूको जीवन्त अभिनय हेर्न पाइनेछ।मिन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ (UK), माया गुरुङ (UK) र सपना गुरुङ (HK) निर्माता रहेको यस चलचित्रको छायाङ्कन सुशान प्रजापतिले गरेका हुन्। त्यस्तै, चलचित्रको सम्पादन निमेष श्रेष्ठ र केर डी. कोइन्च लिमुचको रहेको छ भने सह-लेखन सुरज तमु र केर डी. कोइन्च लिमुचले गरेका हुन्। सार्वजनिक गीतले सिनेमाप्रतिको उत्सुकता र माहोललाई अझ तताएको छ।






















