घर भित्रै असुरक्षित छोरीहरू: सामाजिक विकृति र पारिवारिक हिंसा विरुद्ध गम्भीर प्रश्न ? आजको आधुनिक र विकसित भनिने समाजमा छोरीचेलीहरूको सुरक्षालाई लिएर गम्भीर र डरलाग्दो प्रश्न खडा भएको छ। “हाम्रा छोरीहरू कहाँ र कोसँग सुरक्षित छन्?” भन्ने चिन्ताले आज हरेक सचेत नागरिक र अभिभावकको मन पिरोलिरहेको छ। कसलाई आफ्नो मान्ने र कसलाई पराइ ठान्ने भन्ने अन्योल सिर्जना भएको छ।
घर, जसलाई सुरक्षाको सबैभन्दा सुरक्षित कवच मानिन्छ, त्यहीँभित्र जन्म दिने बाबु र आफ्नै नातेदारहरूबाट छोरीहरू असुरक्षित हुनु पर्छ यस्तै कथा अनि यस्तै बेथा भएको मनै रुवाउने,र समाज र लाखौँ नेपाली परिवारभित्र लुकेको तीतो यथार्थलाई प्रस्तुत गर्दै मौलिक नेपाली टेलिसिरियल ‘गौँथली’ दर्शकमाझ आएको छ।टेलिसिरियल ‘गौँथली’ हेर्ने जो कोहि को पनि आखा बाट आशु झर्छ झर्छ यो कुरा लेखेर राख्नुस यदि यो टेलिसिरियल ‘गौँथली’ हेर्दा तपाइको आखा रसाएन भने यहि भिडियोमा आएर मलाइ गाली गर्नुहोस कमेन्ट गर्नु होस्। किन कि ‘गौँथली’ को कथा अतपाइको घरको कथा हो मेरो घरको कथा हो , हामी लाखौ परिवार भित्रको कथा हो। तेसैले तपाइँ पनि मन थामेर हेर्नुहोस टेलिसिरियल ‘गौँथली’ पहिलो र दोस्रो भागमै दर्शकको अभूतपूर्व माया पाएको सिरियल ‘गौँथली’ Laribari Entertainment’ युट्युब च्यानल ‘बाट सार्वजनिक भएको छ। यस सिरियलका पहिलो र दोस्रो भाग सार्बजनिक भइसकेका छन्। सार्वजनिक भएसँगै सिरियलले दर्शकको अत्यधिक माया र प्रशंसा पाइरहेको छ। समाजको यथार्थ ऐना प्रस्तुत गरिएको यो सिरियल हेर्ने जोकोही दर्शकका आँखाबाट आँसु थामिँदैन। “यो कथा केवल एउटा पात्रको मात्र नभई तपाईँ-हाम्रो आफ्नै घरको कथा हो,” भन्दै दर्शकहरूले यसको निर्माण पक्ष र कथावस्तुको खुलेर तारिफ गरिरहेका छन्। कलाकार तथा सर्जक रोबन मगरको लेखन तथा निर्देशनमा बनेको यस शृङ्खलामा दिग्गज तथा नयाँ पुस्ताका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। हरेक कलाकारको अभिनयले दर्शकको मन पगाल्छ।गौथली मा लक्ष्मण विक्रम बस्नेत, तारा केसी, हिउँवाला गौतम, कमला घिमिरे, आशिष ओली, प्रेमकुमारी मगर, ध्रुव राई, मोहन भण्डारी, सञ्जु खड्का, झुमा अर्याल, गोविन्द खड्का, गीता खतिवडा, दिनेशकुमार कठायत र विजय लामा जस्ता अनुभवी कलाकारहरूको अभिनय रहेको छ। यसका साथै बालकलाकारहरू आर्य आले मगर, रुपेश तामाङ, कृष्ण लामा र आयुष्मान तामाङले उत्कृष्ट अभिनय गरेका छन्। लेखन / निर्देशन / निर्माता: रोबन मगर,सह-निर्देशक: प्रेमकुमारी मगर संगै लोकप्रिय गायिका बिन्दु परियारको सुमधुर स्वर रहेको गीतका शब्दहरू स्वयम् निर्देशक रोबन मगरले लेखेका हुन्।सङ्गीत: सञ्जय श्रीपाल,छायाङ्कन: विशाल परियार (टिम),सम्पादन तथा रङ्ग संयोजन: प्रकाश परियारको रहेको छ भने सामाजिक संवेदना, पारिवारिक सम्बन्धका तीता-मीठा यथार्थ र छोरीहरूको संघर्षलाई पर्दामा उतारेको ‘गौँथली’ ले आगामी दिनमा अझ बढी दर्शकको मन जित्ने र सांगीतिक तथा सिरियल क्षेत्रमा एउटा बलियो छाप छाड्ने अपेक्षा गरिएको छ।






















