काठमाडौँ। हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका गीतहरूको बाढी नै आएको छ। तर, पछिल्लो समय पैसा र भ्युजको होडबाजीमा कतिपय कलाकारहरूले प्रस्तुत गर्ने भ्रामक सामग्री, अश्लील पहिरन र अस्वाभाविक शब्दका कारण तीजको मौलिकता गुम्दै गएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। परिवारका सदस्य, आमा-बुबा र दिदीबहिनीसँग बसेर हेर्न र सुन्नै धौ-धौ पर्ने गीतहरूको भीडमा सर्जकहरूले भने तीजको वास्तविक मर्म जोगाउने प्रयास गरेका छन्।यसै क्रममा, समाजको यही तीतो यथार्थलाई समेटेर तयार पारिएको मर्मस्पर्शी तीज गीत ‘पहिल्यै झैँ कहाँ छ र तीज’ युट्युब च्यानल ‘Pradip Tiwari’ मार्फत औपचारिक रूपमा सार्वजनिक भएको छ। यस गीतले वर्तमान समयमा तीज पर्व र यसको सांगीतिक पक्षमा आएको विकृतिमाथि कडा व्यङ्ग्य गर्दै मौलिकताको महत्त्व दर्शाएको छ।

गीतमा चर्चित गायिका देवी घर्ती मगरको स्वरमा सजिएको नयाँ तीज गीत ‘पहिल्यै झैँ कहाँ छ र तीज’ गीत सार्वजनिक भएको छ। लोकप्रिय कलाकार प्रदीप तिवारीको शब्द तथा संगीत सिर्जनामा तयार पारिएको यस गीतले नेपाली समाजमा तीज पर्व मनाउने शैलीमा आएको परिवर्तन र मौलिकताको महत्त्वलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ। पहिल्यै झैँ कहाँ छ र तीज गीतमा स्वर देवी घर्ती मगरले दिएकि छिन ,गीतको संगीत संयोजन सुनिल परियार ,भिडियोमा कथा तथा निर्देश केशव राज भट्ट,,छायाङ्कन दीपक गिरी टिम,सम्पादन दीपक विष्टको रहेको छ भने भिडियोमा रबिना भण्डारी, अस्मिता पुरी, सुस्मिता क्षेत्री, नुमा काफ्ले सुदीप काफ्ले ,राज लामा, रोशनी गौतम क्षेत्री र प्रदीप तिवारी (‘प्रभु’), हामीले देख्न सकिन्छ भने समयक्रम सँगै तीज मनाउने परम्परा र शैलीमा आएको फेरबदललाई गीतको मुख्य विषयवस्तु बनाइएको छ। पुराना दिनको तीज र वर्तमान समयको तीजबीचको अन्तरलाई गीतका शब्द र भावले कलात्मक रूपमा उतारेका छन् भने यस गीत तथा भिडियोले तीजको पारिवारिक वातावरण र मौलिक दृश्यलाई पर्दामा उतारेको छ यदि तापी पनि यति मिठो अनि मौलिक द्रस्य संगै शब्द सुन्न हेर्न चाहनु हुन्छ भने प्रदीप तिवारी नामक युटुब च्यानलमा गएर हेर्नु होला।

May be an image of ‎text that says '‎प्रदिप प्रदिपतिवारी(प्रभ तिवारी (प्रभु) को गौरबमय प्रस्तुति दर्पेभु र्प प्रदिप तिवारी प्रभु को पहिले झैं तीज केशवराज भट्ट, कहा छर कथा। निर्देशन स्वर देवी चतી घर्ती पलाब्र प्रदिपसिवारा सामा रोसशानीगोराम संगीत/स दिपिषारी (प्रभु पुरेन्ड स्टछिेया टुकियामासभी मासभी प्रदष तिवारी OUT SOON रविना मत्तपुंने सुनिल बजुराली रेफनिष्ट बजुराली प्रोडक्सन दिपक विष्ट दिपक गिरी प्रभु कया निर्देघन केश्ववराज ชหมค الس neccил ടമ്മൻ อิเ์ SD CRRA3AG‎'‎

तपाईको प्रतिक्रिया