काठमाडौँ — गायिका अमृता लुङ्गेली मगरको स्वरमा सजिएको नयाँ मार्मिक गीत ‘समयले सिकायो’ सार्वजनिक भएको छ। गायिका अमृताकै आधिकारिक युट्युब च्यानल (Amrita Lungeli Magar Official) मार्फत गीतको भिडियो बजारमा ल्याइएको हो।
गीतमा शब्द तथा संगीत सरोज बिरही कार्कीको रहेको छ। मानिसको जीवनमा समयले दिने भोगाइ, अनुभव र पाठलाई समेटेर तयार पारिएको यस गीतलाई सरोज बिरही कार्कीले नै संगीत संयोजन (Arranger) गर्नुभएको हो। ‘आफ्नोमन एचडी’ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गर्नुभएको हो।गीतको भाव अनुसार नै आकर्षक र मनछुने म्युजिक भिडियो पनि तयार पारिएको छ। खगेन्द्र गिरीको निर्देशनमा बनेको भिडियोमा लोकप्रिय मोडल/कलाकार गीता ढकाल (गीता ढुङ्गाना) को जीवन्त अभिनय देख्न सकिन्छ।
![May be an image of smiling and text that says 'GEETA DHUNGANA समयले सिकायो DIRE CTEDBY BY KHAGENDRAGIRI GIRI RELEASING SOON| VOCAL AMRITA LU NGELI MAGAR LYRICSAMUSIC SAROI BIRAHI KARKI MI ARRANGE SAROI BIRAHI KARKI MIX/MIXING MANOJ PARIYAR HD 10HDAAFNOMAN AAFNO1 RECORDIST RAJESH RAJESHNEPALM NEPAL RUPA MANANDHAR CINEMATO CINEMATOGRAPHER GRAPHER SANTOSHS SUNAR GRAPHER] KHAGENDRA GIRI EDIT T/COLORRAJESI COLOR RAJESH KUMAR VIDEO VIDEOBANK BANK #OFFICIALVIDEO YoulabeMusic Music amazonme deezer Spotity'](https://scontent.fktm20-1.fna.fbcdn.net/v/t39.30808-6/766890283_27613447385020846_6299061651357511173_n.jpg?stp=dst-jpg_tt6&cstp=mx1448x2048&ctp=s1448x2048&_nc_cat=109&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=C4_DJ1mKbB0Q7kNvwGgDnbn&_nc_oc=AdoUBKKxrMRIXL0usm_8pi4JZF0qO_26z-ulyGWc5ajutnEXl1WBpV9cGy1rj-8BpAs&_nc_zt=23&_nc_ht=scontent.fktm20-1.fna&_nc_gid=MyPSNEhkpq-l5DYblbUOjA&_nc_ss=7b2a8&oh=00_AQHeyhLGB6JH4gfazCveS_U6GhOjDxhLiwGs_mvXaEzbcA&oe=6A806716)
भिडियोलाई सन्तोष सुनारले छायांकन गर्नुभएको हो भने दृश्य सम्पादन राजेश कुमारले गर्नुभएको छ। यस्तै, भिडियोको निर्माण व्यवस्थापन तथा हेरचाहमा सुनिल सुनार र मनोज सुनारले सघाउनुभएको छ।






















