काठमाडौँ। नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा बेग्लै र मौलिक स्वाद पस्कने उद्देश्यका साथ नयाँ कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ सार्वजनिक भएको छ। नागरिक प्रेसको प्रस्तुतिमा तयार पारिएको यो डिजिटल शोले नेपाली समाज, संस्कृति र दैनिकीलाई मिहीन ढंगले समेट्दै हसाउने र सँगसँगै जीवनका यथार्थ कथाहरू प्रस्तुत गर्ने प्रयास गरेको छ।पारिवारिक वातावरणमा सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी निर्माण गरिएको यस शोमा विशेष अतिथिका रूपमा चर्चित कलाकार, राजनीतिक नेतृत्व तथा सामाजिक अभियन्ताहरूलाई निमन्त्रणा गरिनेछ। अर्गानिक गाउँले परिवेशमा आधारित यस शोमा अतिथिहरूसँग उनीहरूको बाल्यकालका सम्झना, संघर्षका कथा, नभनिएका जीवनका पानाहरू तथा उतारचढावलाई विशुद्ध नेपाली गाउँले ठट्टा र कमेडीमार्फत प्रस्तुत गरिनेछ।

 

प्रसिद्ध हास्य कलाकार सुलेमान शंकर ‘इकु’ को लेखन तथा निर्देशनमा तयार भएको यस कार्यक्रमलाई स्वयं इकु (सुलेमान शंकर) र स्नेहा कटवालले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। कार्यक्रमको एक नयाँ अंकमा पछिल्लो समयका चर्चित तथा प्रतिभाशाली अभिनेता मुकुन भुसाल विशेष अतिथिका रूपमा उपस्थित भएका छन्।

‘लुरे बुढा, भुँडे बुढी’ लाई नागरिक प्रेसको आधिकारिक वेबसाइट (www.nagarikpress.com) का साथै युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका डिजिटल माध्यमहरूबाट हेर्न सकिनेछ।

कार्यक्रम तथा भिडियो टिम (Credits)

  • शोको नाम: लुरे बुढा, भुँडे बुढी (Lure Budha, Bhunde Budhi)

  • लेखन / निर्देशन: सुलेमान शंकर ‘इकु’

  • सञ्चालक (Host): सुलेमान शंकर ‘इकु’ र स्नेहा कटवाल

  • विशेष अतिथि (Guest): मुकुन भुसाल

  • अध्यक्ष: रविन पौडेल

  • कार्यक्रम व्यवस्थापक: एलबी कटवाल

  • छायाङ्कन: उपेश कोइराला र खेम पौडेल

  • भिडियो सम्पादन: उपेश कोइराला र अरुण भण्डारी

  • विशेष धन्यवाद: संगीता पाण्डे, सुमन गिरी, सुरक्षा भट्टराई, छुल्टिम डोल्मा गुरुङ, अनुज खड्का, अशोक शंकर, दिनेश शंकर, शंकर परिवार, इन्द्र खरेल आधिकारिक माध्यम: नागरिक प्रेस (Nagarik Press)

तपाईको प्रतिक्रिया