कला र सङ्गीतको नाममा समाजमा झाँगिँदै गएको अश्लीलता र छाडापनले सीमा नाघेको छ। भर्खरै मात्र ‘गायिका अमृता लामिछाने’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘चञ्चले भो मन’ बोलको गीतको सुरुआतमै ‘घरकी श्रीमतीलाई ढाँटेर परस्त्रीसँग रात काट्छु’ जस्ता अत्यन्तै घिनौना र अमर्यादित शब्द प्रयोग गरिएपछि चौतर्फी आक्रोश र विरोधको आँधीबेहरी सिर्जना भएको छ।समाजमा बहुविवाह, परस्त्रीगमन र पारिवारिक विखण्डनका कारण सयौँ घरपरिवार छिन्नभिन्न भइरहेको संवेदनशील यथार्थका बिच यस्ता विकृत शब्दले अपराधलाई झनै उक्साहट गरिरहेको भन्दै बौद्धिक वर्ग र सर्वसाधारणले कडा आपत्ति जनाएका छन्। बन्द कोठाभित्र हुने अति व्यक्तिगत हर्कत र अश्लीलतालाई सङ्गीतको लेप लगाएर पस्कँदा भावी पुस्तामा पर्ने कुप्रभावप्रति सर्जकहरू पूर्णतः गैरजिम्मेवार बनेका छन्। घरपरिवार सिध्याउने यस्ता गीतलाई कसले अनुमति दिन्छ? र, समाज बिगार्ने यस्ता ‘कलाकार भनौँदा’ हरूको घैटौँमा घाम कहिले लाग्ने? भन्दै चौतर्फी प्रश्न उठाइएको छ।

तपेन्द्र जोशी ‘क्षितिज’ को शब्द तथा नन्दु परियारको सङ्गीत रहेको यस गीतमा कहिले विवादमा नपरेकी प्रतिभाशाली गायिका अमृता लामिछाने र नन्दु परियारको स्वर रहेको छ। हामीले गायिका अमृता लामिछानेलाइ बारम बार सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन यति प्रतिभाशाली गायिका भएर पनि यस्तो घिन लाग्दो समाज भड्काउने गीत किन गाईन भन्ने प्रशन सामाजिक संजालमा तिब्र रुपमा उठ्न थालेको छ भने गीतमा एचबिएन किस्मतको सङ्गीत संयोजन ।जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा रमेश विश्वकर्मा र रचना न्यौपानेको मुख्य अभिनय देख्न सकिन्छ। भिडियोलाई दुर्गा पौडेलले छायाङ्कन गरेका हुन् भने विकास तामाङ र सुमन तामाङले सहायक कोरियोग्राफरका रूपमा काम गरेका छन्। सुजन कोइरालाको सम्पादन आकर्षक देखिएko छ ।

तपाईको प्रतिक्रिया