टोकियो, जापान ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, मौलिक लोकदोहोरी र नेपाली स्वादलाई प्रवर्धन गर्ने उद्देश्यका साथ जापानको टोकियोस्थित शिनोकुबोमा ‘चाँदनी रेस्टुरेन्ट एण्ड रोधीघर’ सञ्चालनमा आएको छ। हिमालयन साकुरा ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस रोधीघरको लोकप्रिय कलाकार प्रकाश गुरुङले संयोजन गरिरहेका छन्।

यस रोधीघर पूर्ण रूपमा पारिवारिक वातावरणमा सञ्चालन हुने यस ‘चाँदनी रोधी घर’को औपचारिक ओपेनिङ जुलाई १९ देखि सुरु भई २६ सम्म भव्य रूपमा मनाइँदै छ।ओपेनिङ साताभर (जुलाई १९ देखि २६ सम्म) विशेष साङ्गीतिक माहोल बन्नेछ, जहाँ चर्चित अतिथि कलाकार सबिन गुरुङका साथै काजल गुरुङ, सुर्य खड्का लगायतका प्रतिभाशाली टोलीको जोडदार प्रस्तुति रहनेछ।करिब १५० जनासम्मको क्षमता रहेको यस रोधी घरमा पारिवारिक खानपिनका साथै विभिन्न पार्टी, जन्मदिन, विवाह, व्रतबन्ध तथा सेमिनारहरू आयोजना गर्न सकिने सुविधा उपलब्ध छ।प्रवासको व्यस्त जीवनमा पनि आफ्नै मातृभूमिको गीत-सङ्गीत, कला, साहित्य र अर्गानिक नेपाली स्वाद पस्कने उद्देश्यले सञ्चालनमा ल्याइएको यस ‘चाँदनी रोधी घर’को अवधारणालाई जापानमा रहेका नेपालीहरूले निकै तारिफयोग्य कदमका रूपमा लिएका छन्।























