आफ्नो श्रीमती पेटमा बच्चा हुर्किरहेको समयामा यता आफुलाई कुनै ठुलो प्राणघातक रोग संग श्रीमान लडीरहदा त्यो परिवार भित्र कस्तो हुन्छ कि त् भोग्नेलाई थाहा हुन्छ कि भगवानलाई आफ्नो प्राण भन्दा प्यारी श्रीमतिलाई हेरचाह गर्ने समयमा प्राणघातक रोग संग लडीरहदा त्यो परिवार भित्र कस्तो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ यस्ता मार्मिक अनि सत्य कथामा आधिरित गीति भिडियो ‘म कहाँ, मन्दिर जहाँ’ भखरै मात्र ग्लोबल नेपाल इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ यो गीत सूने र यो गीतको भिडियो हेर्ने जो कसैको आखामा पनि आशु आउन सक्छ गीतको शब्द संगीत र गीतको भिडियोमा अभिनय गर्ने कलाकारहरुको अभिनयले गर्दा पनि सबैको मन रुवाउछलमजुङका प्रेम गुरुङले ल्याए ‘म कहाँ, मन्दिर जहाँ’ [भिडियोसहित]

लमजुङको क्व्होलासोथार गाउँपालिका २, शैलुङ घर भइ हाल अमेरिका रहेका प्रेम गुरुङ आफैमा एउटा सफल कलाकार हुन् कलाकार मात्र नभई नेपाल देखि टाढा रहेर पनि नेपाली गीत संगीत कला साहित्यलाई निकै माया अनि सम्मान गर्ने व्यक्ति हुन् भने एक सफल रचनाकार पनि हुन अहिले सार्बजनिक भएको गीतमा पनि कलाकार प्रेम गुरुङ आफैले शब्द लेखेका हुन् साथै अभिनय समेत आफैले गरेका छन् गीतमा ममता गुरुङले आवाज र संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन् । प्रेमसंगै जुना गुरुङ र सुस्मिता गुरुङले अभिनय गरेका छन् ।No photo description available.
भूपेन्द्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन् । सिनेमाटोग्राफर रविन थापामगरले भिडियो छायांकन गरेका छन् । एसिस्टेन्ट सिनेमाटोग्राफरमा उमेश तामाङ र कोरियोग्राफर मनाङ गुरुङको रहेको छ ।
‘म कहाँ, मन्दिर जहा’ बोलको गीत सार्वजनिक गर्दै सर्जक तथा कलाकार प्रेम गुरुङले उक्त गीतमा पनि बिगतका सिर्जनाहरु जस्तै अहिले पनि निकै मिठो शब्द कोरेको चर्चा चलेको छ भने सोहि कारणले गर्दा पनि अहिले सार्बजनिक भएको छोटो समयमा यो गीतले बिस्तारै नेपाली दर्शक तथा श्वोर्ताहरुको माया पाउन सफल भएको छ। भिडियो हेर्न तलको लिंक किल्क गर्नु होला ।

तपाईको प्रतिक्रिया